जाजरकोट भूकम्प पीडितलाई सहायता दिने भारत उत्तर प्रदेश का मुख्यमन्त्री योगीको घोषणा

२०८० कार्तिक १९, आईतवार
पढ्ने समय : < 1 मिनेट

कार्तिक १९

भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालका भूकम्प पीडितलाई सम्भव भएसम्म सबै खाले सहयोग उपलब्ध गराउने घोषणा गरेका छन् ।
जाजरकोट भूकम्पका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मुख्यमन्त्री योगीले सामाजिक सञ्जालमार्फत दुःखको यो घडीमा उत्तर प्रदेश सरकार नेपाली जनताको साथमा रहेको र हर सम्भव सहायता दिनका लागि तयार रहेको उल्लेख गरेका छन् ।
मेरो संवेदना शोक संतप्त परिवारहरूको साथमा छ । भगवान श्री रामबाट दिवंगत आत्माहरूको शान्ति तथा घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना छ।मुख्यमन्त्री योगीले भने ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय