बेल्ट एण्ड रोड सम्मेलनमा भाग लिन स्वास्थ्य राज्यमन्त्री चीन प्रस्थान

२०८० कार्तिक १८, शनिबार
पढ्ने समय : < 1 मिनेट

 

 

कार्तिक १८

स्वास्थ्य राज्यमन्त्री प्रमिला कुमारी चीन जानुभएको छ । उहाँ आज मध्यान्हको समयमा काठमाडौंबाट चीनको छन्तुतर्फ प्रस्थान गर्नुभएको हो ।

राज्यमन्त्री प्रमिला कुमारी सचिव प्रमिलादेवी शाक्य बज्राचार्य र सहसचिव इन्दुविक्रम जोशी रहेको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यता जानुभएको हो । उहाँहरु सिचुआन एअरको उडान नम्बर ३ यु ३९०२ मा

दिउँसो पौने १ बजे जानुभएको हो ।
उहाँहरु बेल्ट एण्ड रोडको विज्ञान तथा प्रविधि आदाप्रदान सम्बन्धी सम्मेलनमा सहभागी हुने मन्त्रालय स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय