जाजरकोट भूकम्प ः भारतीय प्रधानमन्त्री मोदीद्वारा दुख व्यक्त, सबै सहयोग गर्ने प्रतिबद्धता

२०८० कार्तिक १८, शनिबार
पढ्ने समय : < 1 मिनेट

 

कार्तिक १८

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको जाजरकोटमा गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुख व्यक्त गरेका छन् ।

नेपालमा गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख लागेको छ प्रधानमन्त्री मोदीले ट्विटरमार्फत भनेका छन् ।

प्रधानमन्त्री मोदीले भारत नेपाली जनतासँग ऐक्यबद्ध रहेको र सबै सम्भव सहयोग गर्न तयार रहेको उल्लेख गरेका छन् ।

हामी शोकसन्तप्त परिवारसँग सहानुभति जनाउंदै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं प्रधानमन्त्री मोदी ले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय