ठमेलमा लुटिए दुई भारतीय, तीन जना पक्राउ

२०८० कार्तिक १२, आईतवार
पढ्ने समय : < 1 मिनेट

कात्र्तिक १२,

काठमाडौँ महानगरपालिका–२७, ठमेलस्थित वाल्डो होटलमा कात्तिक ९ गतेदेखि बस्दै आएका दुई जना भारतीय लुटिएका छन्।

उनीहरूसँग ४९ हजार नेपाली र ५० हजार भारतीय रुपैयाँ लुटिएको हो।

लुटपाट गरेको आरोपमा काठमाडौं महानगरपालिका–१६, माछापोखरीस्थित किङ्स अकबरे ममः रेष्टुरेन्टका सञ्चालक उमेश लामासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

नुवाकोट ककनी गाउँपालिका–७ घर भएका २७ वर्षीय लामासहित तीन जनालाई प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको हो।

पक्राउ परेका तीन जना सहित ६ जनाको समूहले ग्रिन टी सस्तोमा मिलाइदिन्छु भन्दै पीडितलाई कुटपिट गरी नगद लुटपाट गरेका थिए।
उनीहरूले पीडितलाई उनी बसेको होटल वाल्डोबाट ट्याक्सीमा राखी माछापोखरीस्थित रोयल लाउन्ज एण्ड बारमा पु¥याई ४९ हजार नेपाली र ५० हजार भातरीय रुपैयाँ ट्रान्सफर गर्न लगाएका थिए।

लुटपाटको खबर पाउनासाथ प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई बालाजु चोकबाट पक्राउ गरेको हो।

उनीहरूसँगै प्रहरीले बा.८६ प २१४२ नम्बरको मोटरसाइकल, ५९ हजार ३ सय ५५ रूपैयाँ नगद, ४ थान मोबाइल र एनटिसी तथा एनसेलको १२ थान सिमकार्ड पनि बरामद गरेको छ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय