फागुन १८
— भारत सरकारको सहयोगमा कैलालीको धनगढीमा नेपाल प्रहरी विद्यालयको बहुद्देश्यीय हल, छात्रावास र शिक्षक भवन निर्माण भएको छ ।
ती भवनहरूको भारतीय राजदूतावासका प्रथम सचिव नवीन कुमार र सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले बुधबार उद्घघाटन गरेका छन ।



‘यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्ष को उत्सव मनाउन भारत सरकार ले अघि सारेको ‘इन्डिया एट–७५ आजादीका अमृत महोत्सव’ अन्तर्गत यस वर्ष नेपालमा उद्घघाटन गरिने ७५ वटा परियोजनाहरू मध्येको एक हो,’ भारतीय दूतावास द्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
कैलाली मा निर्मित ती नयाँ भवनहरूको कुल लागत ४ करोड २२ लाख ६० हजार नेपाली रुपैंया रहेको दूतावास ले जनाएको छ । सन् १९८५ मा स्थापना भएको यो विद्यालय मा हाल ६६५ जना विद्यार्थी अध्ययनरत रहेका छन् ।



