भैरहवा
फागुन १४
नेपाली कांग्रेस वडा कार्यसमिति वडा नम्बर ३ सिद्धार्थनगर ले शनिबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
सिद्धार्थनगर–३ चिल्ड्रेन पथ (दुर्गा मन्दिर) खजहना मा भएको कार्यक्रम मा ५१ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक तथा कांग्रेस वडा नम्बर ३ का सचिव धर्मवीर शर्मा ले बताउनु भयो ।
कार्यक्रम को उद्घघाटन गर्दै प्रमुख अतिथि नेपाली कांग्रेस रुपन्देही का सभापति रामकृष्ण खाँणले पार्टीको अधिवेशन पछि कांग्रेस एक भइसकेको बताउनु भयो ।
खाणले कांग्रेसको युवा पुस्ता नेतृत्वमा आइसकेको बताउदै अब कांग्रेस ले हरेक वडामा संगठित हुने, गतिशिल र बलियो बनाएर निर्वाचन मा विजयी प्राप्त गर्न सके स्थानीय स्तर बाटै विकास र समृद्धि ल्याउन सकिने बताउनु भयो ।
सभापति खाण ले वडा नम्बर ३ ले सराहनीय र उदाहरणीय काम गरेको भन्दै यस्ता किसिम का कार्यक्रम रुपन्देही का १ सय ५५ वटै वडा ले गर्नुपर्ने बताउनु भयो।



सभापति खाण ले रगतको अभावमा अकाल मा मानिसको ज्यान जान सक्ने भएकाले रक्तदान कार्यक्रम समाज का लागि उदाहरणीय कार्य भएको बताउनु भयो ।
त्यस्तै विशिष्ट अतिथि नेपाली कांग्रेस क्षेत्र नम्बर ३ का सभापति सुशिल गुरुङ ले कांग्रेस वडा कार्यसमिति वडा नम्बर ३ सिद्धार्थनगर ले पुनित कार्य गरेको बताउनु भयो ।
गुरुड.ले युवाहरु आन्दोलन मा मात्र नभइ रचनात्मक कार्य पनि गर्न सक्छन् भन्ने कुरा पुष्टि भएको बताउनु भएको छ ।
कार्यक्रम मा नेपाली कांग्रेस क्षेत्र नम्बर ३ (क)का सभापति सुरेन्द्र जंग थापा, सिद्धार्थनगर सभापति कोशिष बहादुर खड्का, निवर्तमान जिल्ला कोषाध्यक्ष दीपक क्षेत्री न्यौपाने, क्षेत्रीय सदस्य रुपमाया पुन लगायत ले बोल्दै कांग्रेस मुलुक को पुरानो पार्टी भएको र पार्टी जनता को मनमा बस्न सफल भएको बताउनु भयो ।
नेपाली कांग्रेस वडा कार्यसमिति वडा नम्बर ३ का सभापति निल बहादुर थापा को सभापतित्व, निवर्तमान सभापति चन्द्रवली यादव को स्वागत तथा सचिव धर्मवीर शर्माको सञ्चालन मा कार्यक्रम सम्पन्न भएको थियो ।



