फागुन ५
अरुण ज्ञवाली
भैरहवा
क्यालिब्रेसन फ्लाइट का लागि एरो थाईको विमान बिहीबार साँझ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल मा आइपुगेको छ ।
थाइल्याण्ड बाट सिँधै काठमाडौं को त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मा बिहीबार बिहान आइपुगेको विमान बेलुकी ५ बजे गौतमबुद्ध विमानस्थल मा अवतरण भएको हो ।



पाइलट, कोपाइलट, प्राविधिक सहित सात जनाको टोली आएको विमानस्थल का महाप्रबन्धक गोविन्द प्रसाद दाहाल ले जानकारी दिनु भएको छ ।
विमानले शुक्रबार देखि क्यालिब्रेशन फ्लाइट गर्ने छ । विमानस्थल मा जडान भएका उपकरण ले काम गरे नगरेको जाँच गर्नका लागि क्यालिब्रेशन फ्लाइट गर्ने गरिन्छ ।
क्यालिब्रेशन फ्लाइट फागुन १५ गते सम्म चल्ने विमानस्थल आयोजना ले जनाएको छ । त्यस पछि परीक्षण उडान हुनेछ । उडान को जिम्मेवारी एरोनटिकल रेडियो अफ थाइल्याण्ड (एरो थाई)ले पाएको थियो ।
एरो थाईको विमान थाइल्याण्ड बाट सिँधै भैरहवा अवतरण गर्ने तयारी भए पनि अध्यागमन को व्यवस्था नभएका ले काठमाडौं अवतरण गरी भैरहवा ल्याइएको हो ।
परीक्षण उडान का क्रम मा भैरहवा मा हुने आन्तरिक उडान प्रभावित हुनेछ । बिहान १० देखि बेलुका पाँच बजे सम्म परीक्षण उडान हुने भएकाले त्यो समय मा आन्तरिक उडान ठप्प हुनेछन् । मौसम ले साथ दिएमा बिहान १० बजे सम्म र बेलुका पाँच बजे पछि आन्तरिक उडान हुने विमानस्थल का महाप्रबन्धक दाहाल ले बताउनु भएको छ ।
विमानस्थल को भौतिक निर्माण तथा उपकरण जडान सम्बन्धी कार्य सम्पन्न भइसकेको छ ।
१० दिन सम्म क्यालिब्रेशन फ्लाइट भइसकेपछि नेपाल वायुसेवा निगम को विमानबाट परीक्षण उडान गरिने छ । परीक्षण उडान पछि व्यावसायिक उडानको तयारी गरिने छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण ले बिहीबार नै व्यवसायिक उडानको मिति
समेत तय गरेको छ ।
प्राधिकरण का प्रवक्ता देवचन्द लाल कर्णका अनुसार आगामी बुद्ध जयन्ती अर्थात् जेठ २ गते देखि व्यावसायिक उडान सुरु गरिने छ ।
व्यावसायिक उडानका लागि एक समिति समेत गठन गरिएको छ । समिति ले व्यावसायिक उडानको समय तय गर्ने कर्णले बताउनु भएको छ ।
त्रिभुवन विमानस्थल को विकल्प मा रहेको यो विमानस्थलको लम्बाई तीन हजार मिटर र चौडाइ ६० मिटर रहेको छ ।




