कमला मा चिनियाँ कम्पनीको अवैध उत्खनन ७ वटा टिपर र एउटा एस्काभेटर नियन्त्रणमा

२०७८ फाल्गुन ४, बुधबार
पढ्ने समय : < 1 मिनेट

फाल्गुन ४

पूर्व–पश्चिम राजमार्गलाई चार लेन बनाउने ठेक्का पाएको चिनियाँ कम्पनी चाइना रेल्वे नम्बर २ इन्जिनियरिङ गु्रपले धनुषाको कमला नदीमा ढुंगा–गिट्टीको अवैध उत्खनन गरिरहेको खुलेको छ । नदीजन्य पदार्थ झिक्न कम्पनीले अनुमति लिएको छैन । नदीजन्य पदार्थको उत्खनन र ढुवानीमा प्रयोग गरिएका गाडी र उपकरणहरू धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ ।

गणेशमान चारनाथ–५ स्थित कमला खोलामा अवैध उत्खनन गरिरहेको अवस्थामा टिपर र एस्काभेटर नियन्त्रणमा लिइएको धनुषा प्रहरीका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले बताए । प्रहरीले ७ वटा टिपर र एउटा एक्स्काभेटर नियन्त्रणमा लिएको हो ।

कमलाबाट अवैध उत्खनन गरेर लगेको ढुंगा–गिट्टी सिरहाको कर्जन्हास्थित यार्डमा कम्पनीले थुपारिरहेको थियो ।
उत्खनन स्थलमा प्रहरी पुग्दा चालकहरू फरार भएपछि टिपर र एक्स्काभेटर नियन्त्रणमा लिएको र यसबारे बुझ्न हालसम्म कोही नआएको पोर्ताहा प्रहरी चौकीका इन्चार्ज रामनाथ यादवले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय