
फाल्गुन १,
भैरहवा
प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ५ केजी सुनसहित आइतबार एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।



विमानस्थल प्रहरी प्रमुख एसएसपी भीमप्रसाद ढकालका अनुसार दुबईबाट हिमालय एयरलाइन्स मार्फत् आएका चिनियाँ नागरिकलाई ४ केजी ८४० ग्राम सुनसहित पक्राउ गरिएको हो ।
उनीमाथि थप अनुसन्धान भइरहेको एसएसपी ढकालले बताए ।
प्रहरीका अनुसार राहदानी नम्बर इ जे २४८३१ वाहक झाङ ली नाम गरेका ३६ वर्षीय पुरुष हुन् । उनीबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । उनी सुन लिएर बाहिरिने क्रममा आगमन कक्षको गेट नजिकैबाट पक्राउ परेका हुन् ।



