महाकाली नदी मा पुल बनाउन नेपाल र भारतबीच सम्झौता हरेक क्षेत्रमा भारत सरकारको सहयोग रहने

२०७८ माघ १९, बुधबार
पढ्ने समय : < 1 मिनेट

माघ १९,
भैरहवा
महाकाली नदीमा पुल बनाउन नेपाल र भारत सरकारबीच सम्झौता भएको छ । मङ्गलवार भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवको उपस्थितिमा मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच दार्चुला (नेपाल) र धार्चुला (भारत) जोड्ने महाकाली नदीमा पुल बनाउने सम्झौता पत्रमा हस्ताक्षर भएको हो।
मन्त्रालयमा भएको सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै मन्त्री यादवले नेपालको विकासका हरेक क्षेत्रमा भारत सरकारको सहयोग रहेको भन्दै महाकाली नदीमा बन्ने पुलले दुई देशबीचको आवागमन सहज हुने बताउनुभयो । त्यस अवसरमा उहाँले पुल बनिसकेपछि त्यहाँका जनताको जनजीवन तथा दुई देशबीचको सम्बन्धलाई अझै उचाइमा पु¥याउने विश्वाससमेत व्यक्त गर्नुभयो ।

मन्त्री यादवले निर्धारित समयमै पुलको निर्माण कार्य सम्पन्न गरी दुवै देशका जनताको सहज आवागमनको चाहनालाई छिटो पूरा गर्नेतर्फ लाग्न पनि दुवै देशका सम्बन्धित अधिकारीहरूसँग आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले नेपाल र भारतको सीमा जोड्ने महाकाली नदीमा पुल बनाउने कुरामा भएको सम्झौता खुसीजनक रहेको बताउनुभयो । उहाँले भारत सरकार र नेपाल सरकारको सहकार्यमा धेरै काम भइरहेको उल्लेख गर्दै त्यस क्षेत्रमा बन्ने पुलले नेपाल र भारतका लागि आवागमनमा सहजता ल्याउने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय