अरुण ज्ञवाली



भैरहवा
पुस माघ को कठाँग्रिदो जाडो होस वा सास्कृतिक पर्वको कुनै वास्ता नै नगरी नेपाल भारत सिमा नाका बेलहियामा नेपाल रेडक्रस सोसाईटी रुपन्देही जिल्ला शाखा का स्वयम सेवकहरु कोरोना विरुद्ध अहोरात्र सेवामा खटिरहेका छन ।
बेलहिया नाका मा भारत बाट नेपाल प्रवेश गर्ने सबैलाई रेडक्रसका स्वयम सेवकले एन्टीजेन परिक्षण सहित मलेरियाको परिक्षणमा व्यस्त हुने गरेका छन । रेडक्रसका स्वयम सेवकले सिमा नाकामा सरसफाईमा समेत योगदान गरेका छन । बेलहिया नाकामा २० जना स्वयम सेवक ले २ सिफट गरी अहोरात्र खटिएको कोभिड फोकल पर्सन राजेस जिसी ले जानकारी दिए । “हाम्रा स्वयम सेवक दशै तिहार मा पनि घर नगई सिमा नाका मै खटिनु भयो ” जिसी ले भने “ दैनिक सिमा नाकामा हामीले सरसफाई लगायत कोरोना विरुद्ध को जनचेतना मुलक कार्यहरु गरिरहेका छौ ।” सिमा नाका मा खटिएका स्वयम सेवकले निशुल्क पानी समेत उपलब्ध गराउदै आएका छन ।भारत बाट नेपाल प्रवेश गरेकालाई कोरोना पोजेटिभ देखिएमा एम्बुलेन्स मार्फत भैरहवा बस पार्क मा रहेको आईसोलेसन सम्म पुर्याउने व्यवस्था गरिएको जिसी ले बताए । कोरोना को तेस्रो लहरको कहर सगै सिमा नाका मा कडाई र सुरक्षा मापदण्ड पुरा गर्न रेडक्रसका स्वयम सेवक दिन रात खटिएको स्थानिय अनमोल शर्मा बताउछन । कोरोना को तेस्रो महामारी मा अहिले बेलहिया नाका बाट नेपाल प्रवेश गर्नेहरु मा दैनिक करिब २ सय ५० देखी दुई सय ६० जनामा कोरोना पोजेटिभ देखिएको जिसी ले जानकारी दिए ।
रेडक्रस को योगदान
नेपाल रेडक्रस सोसाईटी ले विपदको समयमा पिडित व्यक्तीहरु लाई राहत वितरण, आपतकालिन प्राथमिक उपचार प्रदान गर्नु का साथै एम्बुलेन्स, रक्तसंचार सेवा,आँखा उपचार र पारिवारिक सम्पर्क पुर्नस्थापना जस्ता सेवाहरु प्रदान गर्दे आएको नेपाल रेडक्रस सोसाईटी रुपन्देही जिल्ला का वरिष्ठ अधिकृत कृष्ण मल्ल ले जानकारी दिएका छन ।
यसै गरी रेडक्रस ले पिछडिएका समुदायहरुमा विपद जोखिम न्युनिकरण,खानेपानी,सरसफाई अभियान,सडक सुरक्षा र आपतकालिन सहयोग गर्दे आएको र पछिल्लो समय सिमा नाकाहरु म अहोरात्र सेवा गर्दे आएको अधिकृत मल्ल ले बताए ।अधिकृत मल्ल ले रेडक्रस ले जुनियर र युवा सदस्यहरु लगायत देशभर ठुलो सँजाल भएको आफना कर्मचारीहरु र स्वयम सेवकहरु लाई परिचालन गरी अहिसा , भेदभाव रहित र शान्तीको संस्कृतीलाई सुदृढीकरण गर्दे लैगिक समानता र सामाजिक समावेशीकरण लाई प्रोत्साहित गर्दे आएको दावी गरे ।
नेपाल रेडक्रस का १ हजार ५ सय ३७ उपशाखा,७७ जिल्ला शाखा,७ प्रदेश समिती र १ केन्द्रीय समिति रहेका छन। भने ४ हजार ५ सय ३ जुनियर सर्कल,समुदाय र उच्च शिक्षालयमा समेत गरी १ हजार ७ सय ५२ युवा सर्कल गठन गरी ८ हजार भन्दा बढी निकायहरु मा २ लाख २४ हजार वैधानिक वयस्यक सदस्यहरु ,मुलत उपशाखा तथा जिल्ला शाखामा ८ लाख ५२ हजार जुनियर तथा युवा सदस्यहरु आबद्ध रहेका छन ।



