माघ १०
कैलालीमा कोरोना भाइरस विरुद्धको खोप लगाएको केही मिनेटमै एकजनाको मृत्युु भएको छ ।
आइतबार दिउँसो कैलारी गाउँपालिका–४ को आधारभूत स्वास्थ्य केन्द्रमा कोरोना विरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाएका कैलारी ’ गाउँका ५३ वर्षीय लक्ष्मण डगौराको मृत्युु भएको हो ।
‘दिउँसो करीब दुई बजेतिर चौधरी (मृतक) आधारभूत स्वास्थ्य केन्द्रमा भेरोसेल खोपको दोस्रो डोज लगाएर घर फर्किए को वडाध्यक्ष भिखराम चौधरी ले बताएका छन ।‘तर १५÷२० मिनेटमै बाटो मै चौधरीको मृत्युु भएको खबर आएको वडा अध्यक्ष चौधरी ले बताए ।
उनको मृत्यु खोप लगाएकै कारण हो वा अन्य कारण बारे भने खुलाइएको छैन । मृतक डगौराको घर स्वास्थ्य केन्द्रदेखि अन्दाजी एक किलोमिटरको दुूरीमा रहेको छ ।






