बुटवलको बसपार्कमा निःशुल्क वाईफाइ, शौचालय र पिउने पानीको व्यवस्था गरिने

२०७९ आश्विन ३१, सोमबार
पढ्ने समय : < 1 मिनेट

असोज ३१
रुपन्देहीको बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले लुम्बिनी बस टर्मिनल (नयाँ बसपार्क) व्यवस्थित गर्न निर्देशन दिएका छन् । बसपार्कको सरसफाई, खानेपानी, विश्रामस्थल व्यवस्थित गर्न, बसपार्कभित्रका अनुमति विना निर्माण भएका संरचना हटाउन नगरप्रमुख पाण्डेयले निर्देशन दिएका हुन् ।

नगरप्रमुखको निर्देशनअनुसार अबदेखि बसपार्कभित्रको शौचालय सुविधा र पिउने पानीको सुविधा निःशुल्क हुने भएको छ । बसपार्कभित्र भीडभाड बढ्ने गरी राखिएका ठेला र अन्य व्यवसाय हटाउने, विश्रामस्थल निर्माण गर्ने, निशुल्क वाईफाई सुविधा जडान गर्ने काम अघि बढाउने शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनालले बताए ।

खनाल का अनुसार बसपार्कभित्र सुरक्षाका लागि सीसीटीभी जडान गर्ने, विश्रामस्थलमा दुईवटा टेलिभिजन सेट राख्ने, नियमित सरसफाई गर्ने व्यवस्था मिलाइनेछ ।

यसअघि बुटवल उपमहानगरपालिकाले दसैंलाई लक्षित गरेर बसपार्कमा स्वास्थ्य सहायता कक्ष स्थापना गरी यात्रु तथा यातायात मजदुर, सुरक्षाकर्मीको स्वास्थ्य परीक्षण र उपचार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय