भदौ १३,
नागरिकता विधेयक प्रमाणीकरणको माग गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध तराई मधेस लोकतान्त्रिक पार्टीले विरोध प्रदर्शन गरेको छ। जनकपुरधाम स्थित जनक चोकमा तमलोपा धनुषाले ‘विभेदी मानसिकताको खोल पोल’ भन्दै नागरिकता विधेयक प्रमाणीकरण गर्न दबाब दिने उद्देश्यले विरोध प्रदर्शन गरेको हो।



राष्ट्रपति विद्यादेवी भण्डारी एमालेको कार्यकर्ता बनेको आरोप लगाउँदै तमलोपाका कार्यकर्ताहरूले उनको विरोधमा चर्का नाराबाजी समेत गरेका छन् । तमलोपाकी नेतृ विभा ठाकुरले पछिल्लो पटक जस्तै यस पटक पनि राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने हो कि भन्ने आफूहरूलाई शंका लागेको कारण आन्दोलन गर्नु परेको बताइन् । उनले यसपटक बदमासी भएमा कडा आन्दोलन गर्ने चेतावनी समेत दिइन् ।



