साउन ३
नेपाली कांग्रेसका सांसद जितेन्द्र नारायण देवले शक्ति राष्ट्रहरूले नेपाललाई खेलमैदान बनाउन लागेको बताएका छन् । सोमबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद देवले एमसिसी र एसपिपी सम्झौताको सम्बन्धमा अमेरिका र चीनले आफूअनुकूल बोलेको भन्दै शक्ति राष्ट्रहरूले नेपाललाई खेलमैदान बनाउन लागेको बताएका हुन ।






