रोटरी क्लब अफ भैरहवा को छैठौ पदस्थापन अध्यक्ष मा पौडेल

२०७९ असार २६, आईतवार
पढ्ने समय : 2 मिनेट

असार २६
रोटरी क्लब अफ भैरहवाको छैठौ पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । वर्ष ०२१÷२२ का अध्यक्ष चक्रमणी आचार्य ले वर्ष ०२२÷२३ का अध्यक्ष पवन पौडेल लाई पद हस्तान्तरण गर्नु भएको छ ।
रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ नेपाल भूटानका पिडिजी बासुदेव गोल्यान को प्रमुख आतिथ्यता, मा भएको कार्यक्रम मा पिडिजी गोल्यानले अध्यक्ष पौडेललाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनु भएको थियो । भने अध्यक्ष पौडेलले बोर्ड का सदस्यहरुलाई सपथ ग्रहण गराउनु भएको हो। वर्ष २१। २२ का सचिव साजन जंग राणा ले वर्ष २२।२३ का सचिव कमल कोइराला लाई माइन्युट हस्तान्तरण गर्नु भयो । त्यसैगरी वर्ष २१÷२२ का कोषाध्यक्ष राजु न्यौपाने ले वर्ष २२÷२३ का कोषाध्यक्ष राम प्रसाद पन्थी लाई अडिट रिपोर्ट हस्तान्तरण गर्नु भयो ।
कार्यक्रम लाई संबोधन गर्दै पिडिजी गोल्यानले समुदायमा रोटरीको उपस्थिती र भूमिका अतुलनिय रहेको बताउँदै रोटरी क्लव अफ भैरहवाको वर्तमान नेतृत्वलाई विगतका योजनाहरुलाई निरन्तरता दिंदै अघि बढ्न आग्रह गर्नु भयो । गोल्यान ले क्लब लाई ग्रान्ड प्रोजेक्ट मा कुनै सहयोग आवश्यक परे आफु सधै तत्पर रहेको प्रतिबद्धता पनि व्यक्त गर्नु भयो ।
रोटरी क्लव अफ सेन्ट्रल बुटवलका सस्थापक अध्यक्ष तथा रोटरी क्लब अफ भैरहवा का जिएस आर एजाज आलम ले सामाजिक क्षेत्रमा रोटरीले खेलेको भूमिका प्रभावकारी बनेको उल्लेख गर्दै अवको नेतृत्वले संस्थाको छविलाई अझ उचो बनाउने विश्वास व्यक्त गर्नु भयो ।
रोटरी क्लव अफ भैरहवा का वर्ष २२÷२३ का अध्यक्ष पवन पौडेल ले समाजमा थोरै भएपनि फरक प्रकृतिको सामाजिक हितका कामलाई जोड्ने प्रतिबद्धता जनाउनु भयो ।
अध्यक्ष पौडेलले स्थानीयको आवश्यकता पहिचान गरी अगाडि बढ्न आफू र आफ्नो टिम प्रयत्नशील रहने भन्दै शिक्षा, स्वास्थ्य , खेलकुद , वातारण ,जस्ता क्षेत्रलाई प्राथमिकता दिएर काम गर्ने प्रतिबद्धता जनाउनु भयो ।
रोटरी क्लब अफ भैरहवा का सस्थापक अध्यक्ष तथा डिष्ट्रिक का पब्लिक इमेज कोचेयर राज कुमार गुप्ता ले सबै रोटरीयनहरुले आफ्नो दायित्व र जिम्मेवारी बुझेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनु भयो ।।
कार्यक्रम मा रिजन ५ जोन २६ का एजी पिताम्बर ज्ञवाली, रोटरी क्लब अफ सेन्ट्रल बुटवल का अध्यक्ष हिमाल गैरे, लगायत ले बोल्दै क्लवलाइ नमुना बनाउन सुझाव दिनु भएको थियो । कार्यक्रम सचिव कमल कोईराला को सचालन, प्रेसिडेन्ट इलेक्ट उमेश चन्द्र आचार्य को धन्यवाद तथा कोषाध्यक्ष राम प्रसाद पन्थी को स्वागत मा सम्पन्न भएको थियो ।
वर्ष ०२२÷०२३ का अध्यक्ष पवन पौडेल नेतृत्वमा रहेको क्लवको,प्रेसिडेन्ट ईलेक्ट मा उमेश चन्द्र आचार्य,प्रेसिडेन्ट नोमिनी सगम न्यौपाने, भ्वाइस प्रेसिडेन्ट साजन जग राणा, सचिबमा कमल कोईराला, ,सह सचिव विकास सेन,कोषाध्यक्षमा राम प्रसाद पन्थी, सह कोषाध्यक्ष प्रदिप पौडेल क्लब एडमिनिष्ट्रेशन चेयर हरि प्रसाद आचार्य, मेम्बरसिप चेयर रवि रन्जन कुमार,पब्लिक ईमेज चेयर सुदर्शन पन्त, टिआरएफ चेयर कुन्दन बज्राचार्य,सर्विस प्रोजेक्ट चेयर श्याम बहादुर थापा क्षेत्री,सर्जन एट आम्र्स चेयर रविन पौडेल,सह सर्जन एट आम्र्स सरोज पौडेल, टिच सब कमिटी चेयर अरुण आचार्य,भोकेशनल सर्भिस सब कमिटि चेयर राजु न्यौपाने, युथ सर्भिस सब कमिटि चेयर राजु श्रेष्ठ,क्लब बुलेटिन एडिटर सुमन पौडेल,आईटी सोसल मिडिया चेयर दिलिप नापित, इन्भारमेन्ट सब कमिटी चेयर शारदा मल्ल,क्लब मेन्टर दुश्यन्त थापा रहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय