मंसिर ८
अध्यागमन विभागमा एउटा सूचना आयो– चिनियाँको एक समूहले काठमाडौंमा भिसा विपरीतको काम गर्दै आएको छ ।



सूचनालाई थप भेरिफाइ गरेपछि उक्त चिनियाँ समूहलाईलाई अध्यागमन विभागले लोकेट ग¥यो । सोह्रखुट्टे भन्दा केही पर म्हैपीको एक घरमा उनीहरूको बसेको अध्यागमनले पत्ता लगायो । अध्यागमनको टोलीले २८ आसोजमा उक्त घरमा खानतलासी गर्न पुग्यो ।प्रहरी समेत लिएर गएको अध्यागमन विभागले ढोका खोल्न पटक–पटक अनुरोध गर्दा पनि लामो समयसम्म उनीहरूले ढोका खोलनन् । करिब १५ मिनेटपछि बल्ल चिनियाँ समूहले ढोका खालेको थियो ।अध्यागमनको टोली पुग्दा उक्त कोठामा चार चिनियाँसँगै चार नेपाली युवती पनि थिए । अध्यागमनका एक अधिकृतका अनुसार, नेपाली युवतीलाई विभिन्न प्रलोभन देखाएर चिनियाँहरूले सम्पर्क गरी चीन लानेसम्मको प्रलोभन देखाएर प्रयोग गरेको देखिएको छ ।पक्राउ परेका चार चिनियाँलाई अध्यागमनको कार्यालयमा ल्याएर अनुसन्धान गरिएको छ । अहिले पनि उनीहरू अध्यागमन विभागकै हिरासतमा रहेका छन् । उनीहरूमाथि अहिले बयानको काम भइरहेको विभागका महानिर्देशक रामचन्द तिवारी बताउँछन् ।अहिले नियन्त्रणमा रहेका चिनियाँहरू बिजनेस भिसामा काठमाडौं आएको पाइएको छ । बिजनेश भिसामा नेपाल आएर उनीहरूले भने बिजनेश भने गरेको देखिँदैन । अहिले भिसा विपरीत उनीहरू बसेको देखिएपछि अहिले यही कसुरमा उनीहरूमाथि अनुसन्धान भइरहको विभागका निर्देशक तथा प्रवक्ता टिकाराम ढकालले बताए।
तर यो समूहले बिजनेश भिसा नै कसरी प्राप्त ग¥यो भन्ने विषय नै शंकास्पद देखिन्छ । बिजनेश भिसा प्राप्त गर्नका लागि यहाँ गर्ने लगानीदेखि, कम्पनी, त्यसको प्रकृतिलगायत सबै विषयहरू खुलाउनुपर्छ ।तर पक्राउ परेकाहरूलाई सोधखोज गर्दा यसबारे उनीहरूले केही बताउन सकेका छैनन् । तर उनीहरूबाट भिसा भने बिजनेश नै फेला परेको छ । यसबारे सोधखोज गर्दा एक चिनियाँले भने फेसन डिआइनका काम गर्ने बताएकी थिइन् । तर त्यो काम तथा कुनै कम्पनी खोलेको देखिएको छैन ।‘
बिहे प्रलोभनमा एक सय बढीलाई चीन पु¥याए’
पक्राउ परेका बेला पनि चार चिनियाँ नागरिक चार नेपाली युवतीसँगै फेला परेका थिए । चिनियाँ युवतीसँग सम्पर्क गर्नुको पछाडि उनीहरूलाई चीन पु¥याउने उद्देश्य रहेको देखिएको अनुसन्धान अधिकृत बताउँछन् ।
चिनियाँ युवतीसँग सम्पर्क गर्ने, सामाजिक सञ्जालमा गफिएका भिडियोको स्क्रिन रेकर्ड गर्ने र चीनमा रहेका चिनियाँ युवकहरूलाई पठाउने गरेको देखिएको ती अधिकृत बताउँछन् ।त्यसपछि चिनियाँ युवकले उक्त तस्बिर तथा भिडियो हेरेर मन परेर ‘ओके’ भनेपछि ती युवकसँग सम्र्पक गराउने र बिहे गराएरै चीन पु¥याउने गरेको देखिएको ती अधिकृत बताउँछन् ।अहिलेसम्म यसरी एक सय भन्दा बढी नेपाली युवतीहरूलाई चीन पु¥याएको सूचना विभागले प्राप्त गरेको थियो। यही सूचनामाथि अनुसन्धान गर्न भन्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलाई विभागले भनेको थियो ।तर अपराध अनुसन्धान कार्यालयले केही अनुसन्धान प्रक्रिया अघि बढाए पनि अहिलेसम्म एक जनाको पनि जाहेरी आएन । कुनै जाहेरी नआएपछि अहिले चिनियाँमाथि अध्यागमन कानून अनुसार कारबाही गरेर डिपोर्ट गर्ने प्रक्रिया अघि बढाइएको छ ।






