भदौ २८
तिब्बती धार्मिक गुरु दलाई लामाले नेपालकी अन्तरिम प्रधानमन्त्रीमा नियुक्त भएको अवसरमा सुशीला कार्कीलाई बधाई दिएका छन् ।शनिबार लामाको कार्यालयमार्फत् सार्वजनिक सन्देशमा भनिएको छ, ‘तपाईंलाई थाहै छ, नेपाली र तिब्बती जनता ऐतिहासिक रूपमा घनिष्ठ सम्बन्धमा बाँधिएका छन् ।’
उनले थपेका छन्, ‘म सन् १९५९ पछि तिब्बतबाट जबरजस्ती भाग्नुपरेपछि तिब्बती शरणार्थीहरूको पुनर्वासका लागि नेपाल सरकारले र नेपाली जनताले उपलब्ध गराइदिएको सुविधाका लागि निकै आभारी छ।ु वास्तवमै, तिब्बती समुदाय तुलनात्मक रूपमा सानो भए तापनि, नेपालको आर्थिक वृद्धिमा उल्लेखनीय योगदान दिइरहेको विश्वास गर्छु।’
लामाले कार्कीको कार्यकाल सफल रहने विश्वास व्यक्त गरेका छन् ।






