अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीलाई भारतीय प्रधानमन्त्री मोदीको शुभकामना

२०८२ भाद्र २८, शनिबार
पढ्ने समय : < 1 मिनेट

भदौ २८
नेपालको अन्तरिम सरकारको नेतृत्व सम्हालेकी प्रधानमन्त्री सुशीला कार्कीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले औपचारिक शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जाल ‘एक्स’ (पूर्व ट्विटर) मा आज बिहान पोस्ट गर्दै मोदीले प्रधानमन्त्री कार्कीलाई “राइट होनरेबल मिसेस सुशीला कार्की” सम्बोधन गर्दै उनको पदभार ग्रहणप्रति बधाई दिएका हुन्।
“अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा कार्यभार सम्हालेकी सुशीला कार्कीलाई मेरो शुभकामना व्यक्त गर्दछु,” ट्वीटमा लेखिएको छ, “भारत नेपालको शान्ति, प्रगति र समृद्धिप्रति दृढ प्रतिबद्ध छ।”
नेपालको न्यायपालिका नेतृत्व गरेर ऐतिहासिक छवि बनाएकी सुशीला कार्की हालै प्रधानमन्त्रीको जिम्मेवारीमा आइपुगेकी हुन्। भारत सरकारको उच्चस्तरीय बधाईले उनको नेतृत्वको प्रारम्भिक चरणमै क्षेत्रीय सहयोगप्रति सकारात्मक संकेत दिएको राजनीतिक विश्लेषकहरूले बताएका छन्।
भारतले विगतमा नेपालमा स्थायित्व, लोकतन्त्र र विकासप्रति निरन्तर सहयोगको प्रतिबद्धता जनाउँदै आएको छ। प्रधानमन्त्री मोदीको यो ट्वीट त्यसै प्रतिबद्धताको निरन्तरता हो भन्ने बुझाइ राखिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय