नेपाल भारत मैत्री केन्द्र द्धारा सुरक्षाकर्मी लाई खाजा पानी वितरण

२०७९ जेष्ठ ४, बुधबार
पढ्ने समय : < 1 मिनेट

 

भैरहवा, जेठ ४
नेपाल–भारत मैत्री केन्द्र, केन्द्रीय कार्यालय भैरहवाले बुद्ध जयन्तीको अवसर पारेर खाजा तथा पानी वितरण गरेको छ । २५६६ औं बुद्ध जयन्तीका दिन संस्थाले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलाई पानी तथा खाजा वितरण गरेको हो ।
बुद्ध जयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री शेरबहादुर देउवाले लुम्बिनीमा भ्रमण गरेका थिए । मोदी र देउवाको सुरक्षार्थ खटिएका नेपाली सेनाका ५ सय, सशस्त्र प्रहरीका ५ सय र नेपाल प्रहरीका एक हजार ५ सय सुरक्षाकर्मी लुम्बिनी क्षेत्रमा खटिएका थिए । उनीहरु सबैजना लाई संस्थाले खाजा तथा खाने पानी मिनरल बोतल वितरण गरेको अध्यक्ष सिद्धार्थ अग्रवालले जानकारी दिए ।
खाजा र पानी संस्थाका अध्यक्ष अग्रवाल र सदस्य पुनम अग्रवालले रुपन्देही प्रहरी उपरिक्षक रवीन्द्र रेग्मीलाई हस्तान्तरण गरेका थिए । चर्को गर्मीमा भोकभोकै सुरक्षार्थ खटिएका प्रहरीलाई सामाजिक उत्तरदायित्व अन्तर्गत खाजा पानी वितरण गरिएको अध्यक्ष अग्रवालले बताए । प्रहरी प्रमुख रेग्मीले राष्ट्रसेवकको मनोबल उच्च राख्न यस्ता किसिमका कामले सहयोग पुग्ने जनाए । उनले संस्थाले सामाजिक क्षेत्रमा गर्दै आएको योगदानलाई निरन्तरता दिन आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय