चीनबाट ५० विद्युतीय एम्बुलेन्स आउँदै, कान्ति बाल अस्पतालको भवन पुननिर्माण गर्न स्वीकृति

२०८१ फाल्गुन २८, बुधबार
पढ्ने समय : < 1 मिनेट

फागुन २८

चीनले नेपाललाई ५० वटा विद्युतीय एम्बुलेन्स अनुदानका रुपमा दिने भएको छ । एम्बुलेन्सका रुपमा प्रयोग गर्ने गरी चीन सरकारले दिने विद्युतीय गाडी ल्याउन मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राखेको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चीनबाट ५० वटा विद्युतीय एम्बुलेन्स ल्याउन स्वीकृति दिएको हो । सोमबार भएको मन्त्रिपरिषद् बैठकको निर्णय सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबार सार्वजनिक गरेका हुन् ।

मन्त्री सुब्बाका अनुसार कान्ति बाल अस्पतालको भवन पुननिर्माण गर्नका लागि प्रक्रिया अगाडि बढाउन पनि मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ ।

शहरी विकास मन्त्रालयले राखेको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले भवन पुननिर्माणका लागि खरिद प्रक्रिया अगाडि बढाउन स्वीकृति दिएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय