भारतीय विदेशमन्त्री जयशंकर र परराष्ट्रमन्त्री राणाबिच भेटवार्ता

२०८१ फाल्गुन ४, आईतवार
पढ्ने समय : < 1 मिनेट

फागुन ४

परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र भारतीय विदेश मन्त्री एस जयशंकरबिच ओमनमा भेटवार्ता भएको छ । आठौँ हिन्द महासागरीय सम्मेलनमा सहभागिताका लागि ओमनको मस्कटमा रहेका मन्त्रीद्वय बिच आइतबार साइडलाइन भेटवार्ता भएको हो ।
दुई देशको सम्बन्धलाई अझ सुदृढ बनाउन उनीहरुबिच कुराकानी भएको बताइएको छ । नेपालको विकासमा भारतले गरेको निरन्तर सहयोगका लागि आफूले भारतीय विदेशमन्त्री जयशंकरलाई धन्यवाद दिएको मन्त्री राणाले बताइन् । व्यापार पारवहन र जलस्रोत विकास लगायतका विषयमा नेपाल–भारतबिच भएको प्रगतिका लागि आफूले धन्यवाद दिएको उनले बताइन् ।
परराष्ट्रमन्त्री राणाले आजै कतारका विदेशराज्यमन्त्री सुल्तान बिन साद बिन सुल्तान अल मुराइखीसँग पनि भेटेकी थिइन् । सो भेटमा उनले हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइका लागि पहल गर्न आग्रह गरेकी थिइन् ।
त्यसैगरी मन्त्री राणाले आजै संयुक्त अरब इमिरेटस (युएइ)का विदेश, अर्थ, तथा व्यापार मामिलासम्बन्धी राज्यमन्त्री अहमद अली अल सायेघलेसँग पनि भेटकी थिइन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय