पुस ११
सिचुआन एअरलाइन्सको चार्टर्ड विमानमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेलगत्तै काठमाडौं विमानस्थलमा पोखरामा अन्तर्राष्ट्रिय उडानबारे चर्चा गरिएको छ । मध्यान्ह साढे १२ बजेको समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सभा हलमा ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय उडान गराउन सक्षम रहेको र राष्ट्रको सम्वृद्धिको लागि पोखरामा अन्तर्राष्ट्रिय उडान गरौं !’ शीर्षकमा छलफल गरिएको बताइन्छ ।
नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा) गण्डकी प्रदेशले आयोजना गरेको कार्यक्रममा संस्थाका अध्यक्ष किशोर दाहालसहित चार दर्जनको उपस्थिति रहेको थियो । गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्याल, नागरिक उड्डयन प्राधिकरण्का महानिर्देशक प्रदीप अधिकारी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्ध जगन्नाथ निरौला पनि कार्यक्रममा पुगेको बताइन्छ ।






