पाँच वर्षमा सिद्धार्थनगर नगर पालिकाको प्रगती डण्डापुल मा स्वागतद्धार

२०७८ पुष १३, मंगलवार
पढ्ने समय : 2 मिनेट

शारदा मल्ल
आइतबार पुुस ११ गते सिद्धार्थनगर नगरपालिकाले सिनपा १ डण्डापुल छेउमा निर्माण गरेको पर्यटकीय स्वागत द्धार को निकै तामझामका साथ उदघाटन सम्पन्न गरेको छ। ७ करोड बढीको लागतमा निर्माण सम्पन्न भएको भनिएको उक्त स्वागत द्धार शिलन्यास भए बाट नै विवादित बनेको थियो। पर्यटकीय स्वागत द्धार नेपाल भारत सिमा नाका बेलहिया मै निर्माण गरिनु पर्ने माग राख्दै बेलहिया बासी ले आन्दोलन समेत गरेका थिए । बेलहिया बासीको उक्त माग जायज हुदा हुदै पनि नगर पालिका ले एक तर्फी रुपमा स्वागत द्धार निर्माण लाई अघि बढाएर उदघाटन गरेको छ । स्थानिय निकाय को निर्वाचन सम्पन्न भएको साढे ४ बर्ष पुरा हुदा सिद्धार्थनगर नगर पालिका ले उल्लेखनिय कार्य भनेको यो स्वागत द्धार हाट बजारमा निर्माण गरेको सपिङ कम्प्लेक्स बाहेक अन्य कुनै कार्य गर्न नसकेको नगरबासीको गुनासो रहेको छ ।
नगर मै रहेको यस क्षेत्रको सबै भन्दा पुरानो सरकारी अस्पताल भिम अस्पताल नाजुक रहेको छ । स्वागत द्धार निर्माणमा लागेको ७ करोड भिम अस्पतालमा लगानी गरेको भए कमसेकम नगरबासी ले सस्तोमा स्वास्थ्य सेवा पाउने थिए । त्यता तिर नगर पालिका र निर्वाचित जन प्रतिनिधीले पटक्कै ध्यान दिन नसकेको सिद्धार्थ नगर पालिका ३ निवासी राधा शर्मा बताउछिन ।
स्थलमार्ग हुदै सबै भन्दा बढी पर्यटक भित्रिने बेलहिया नाका अस्तव्यस्त रहेको छ । भारत हुदै नेपाल भित्रिने पर्यटक नाक,मुख थुन्दै नेपाल प्रवेश गर्न बाध्य छन । बाटो हिलो र धुलाम्य छ । बेलहिया लाई हराभरा र सफा राख्न नगर पालिका ले कहिल्यै ध्यान नदिएको स्थानियको गुनासो सधै रहने गरेको छ। स्थानिय निर्वाचन मा अनेकौ आश्वासन बाडिए पनि नगरपालिका को चुनावमा निर्वाचित जनप्रतिनिधी को ध्यान जनताको प्रत्यक्ष समस्यामा जान सकेन ।
अहिले सम्मको मुल्य मान्यता अनुसार प्रवेश वा स्वागत द्धार सिमा क्षेत्रमै निर्माण भएको सबै ठाउमा देख्न पाइन्छ । तर बेलहिया नाका बाट करिब डेढ किलोमिटर यता आएर स्वागत द्धार किन निर्माण गरियो यसको प्रश्न बेलहिया र नगरबासी ले खोजीरहेका छन। पर्यटक भित्रिने नाकामै भत्केको खाल्टै खाल्टो बाटो,अव्यवस्थित बेलहिया बसपार्क,डण्डापुल नजिकैको कवाड खाना को फोहोर, डाण्डा खोलाको जमेको पानी बाट निस्कने दुर्घन्ध, यत्रतत्र फयाकिएका गुटखाका खोल ले ७ करोड खर्चेर निर्माण गरिएको स्वागत द्धारको शोभा नबढेको भन्दै सामाजिक सन्जालमा गुनासो पोख्छन पुरुषोत्तम लम्साल ।
अर्को तर्फ स्वागतद्धार निर्माण मै त्रुटी देखिएको छ । सामाजिक अभियन्ता,युवा नेता ओम कुमार श्रेष्ठका अनुसार स्वागतद्धार आर्चर (बृत खण्ड)मेहराब मात्र मिलेको छैन ।यसको अन्तिम फिनिसिङ्ग समेत भएको छैन। श्रेष्ठले फेसबुक मा आफनो धारणा राख्दै भन्छन “यहाको नगरबासी ले ७ करोड खर्च गरेर किन हाई स्टेण्डर्डको स्वागत द्धार चाहियो”।
किसानमारा नगर पालिका
विगत साढे ४ वर्षको अवधीमा नगरपालिका को ध्यान गेट र भवन निर्माण मै समय खेर फालेको नगरबासीको गुनासो रहेको छ ।वर्षौ देखी साना साना व्यवसायी र किसान ले उत्पादन गरेका तरकारी नगरपालिका को हाट बजारमा बेचेर आफनो जिवन निर्वाह गरिरहेका थिए । तर नगरपालिका ले उक्त स्थानमा ठुलो बिल्डीङ्ग निर्माण गरेर किसानको जिवन निर्वाहमा ठुलो खेलवाड गरेको छ । अब उक्त सपिङ कम्प्लेक्समा किसानले महङ्गो भाडामा लिएर तरकारी बेच्न असम्भव छ । यसको प्रत्यक्ष असर आम नगरबासीमा पर्न जाने देखिएको छ।
यता सिद्धार्थ क्रिकेट रंगशाला वर्षौ देखी निर्माण सम्पन्न हुन सकेको छैन। बजेटको अभावमा समयमै रंगशाला पुरा हुन सकेको छैन। डण्डापुल मा निर्माण भएको स्वागत द्धारको ७ करोड रंगशाला वा भिम अस्पतालको विकासमा खर्चेको भए नगरबासीले केही भए पनि राहत पाउने थिए । हाट बजारमा तरकारी बेचेर जिवन निर्वाह गरेका गरिब किसान लाई विकल्प नदिई उनीहरुको उठीबास गर्नु बिडम्बना भएको नगरबासीको गुनासो रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय