रुपन्देहीको कोटहीमाई गाउ पालिकाका ३ युवा सामुहिक करणी आरोपमा पक्राउ

२०८१ भाद्र १६, आईतवार
पढ्ने समय : < 1 मिनेट

 

रुपन्देहीको कोटहीमाई गाउ पालिकाका ३ युवा सामुहिक करणी आरोपमा पक्राउ

भैरहवा भदौ १६
रुपन्देहीमा जबरजस्ती करणीको आरोपमा कोटहीमाई गाउँपालिकाका दुई कर्मचारी हित ३ जनालाई रुपन्देही प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरिक्षक मनोहर प्रसाद भट्टले जबरजस्ती करणी आरोपमा ३ जनालाई हिरासतमा लिएको पुष्टि गरे ।

यद्दपी यस विषय अनुसन्धानमै रहेको कारण प्रवक्ता भट्टले आरोपितको नाम भने सार्वजनिक गर्न नमिल्ने बताएका छन।
पिडित नाबालिक रहेको र उनलाई ३ दिने तालिमको प्रलोभन दिएर ३ जनाले जबरजस्ती करणी गरेको पिडित पक्षको आरोप छ । श्रोतका अनुसार पक्राउ पर्नेमा कोटहीमाई गाउँपालिकामा कार्यरत कर्मचारी ३२ वर्षिय मनोहर चौधरी, उद्यम विकास सहजकर्ता मुकेश चौधरी र वडा नम्बर ३ का वडा अध्यक्ष विष्णु नारायण पाण्डेका छोरा ३५ वर्षिय छोरा बंटी भन्ने शैलेश पाण्डे रहेका छन् । यस बिषयमा अनुसन्धान भईरहेको र थप कुरा पछि सार्वजनिक गर्ने डिएसपी भट्टले बताएका छन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय