नेपाल नियमित रक्तदाता संघ सिद्धार्थनगर द्धारा भैरहवा मा खुल्ला रक्तदान, ५३ युनिट रगत संकलन

२०७८ फाल्गुन १७, मंगलवार
पढ्ने समय : < 1 मिनेट

भैरहवा
फागुन १७
नेपाल नियमित रक्तदाता संघ सिद्धार्थनगर, रुपन्देही को आयोजना तथा रोट्रयाक्ट क्लब अफ भैरहवाको सह–आयोजना मा मंगलबार भैरहवा मा बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
सिद्धार्थनगर नगरपालिका–८ स्थित बसडिलवा शिवालय मन्दिर (शिव मन्दिर)मा कार्यक्रम सम्पन्न भएको हो ।

महाशिवरात्री को अवसर पारेर ‘रक्तदानको लागि सधैं अगाडी बढौं, रक्तदान, जीवनदान’ भन्ने नाराका साथ सम्पन्न कार्यक्रम मा ५३ युनिट रगत संकलन भएको नियमित रक्तदाता संघ, सिद्धार्थनगर का कोषाध्यक्ष तथा कार्यक्रम संयोजक सरिता रानाले जानकारी दिनु भयो् ।

कार्यक्रम मा बोल्दै प्रमुख अतिथि संघका केन्द्रिय अध्यक्ष दया सिलबाल ले रक्तदान नै सबैभन्दा ठूलो दान भएको बताउनु भएको छ।

रगत को अभाव मा कसैको पनि उपचार प्रभावित नहोस तथा रक्तदान बारे सचेतना फैलाउने उद्धेश्य अनुसार दुवै सस्था को आयोजना मा रक्तदान कार्यक्रम राखिएको नेपाल नियमित रक्तदाता संघ सिद्धार्थनगर, रुपन्देही का अध्यक्ष सगम न्यौपाने ले बताउनु भएको छ ।

नियमित रक्तदाता संघ, सिद्धार्थनगर का अध्यक्ष संगम न्यौपाने को अध्यक्षता, सदस्य भिम भण्डारीको स्वागत तथा उपाध्यक्ष उर्मिला सिलवाल को सञ्चालनमा सम्पन्न कार्यक्रम मा केन्द्रिय उपाध्यक्ष लेखनाथ भण्डारी, सल्लाहकार अनिल कुमार ज्ञवाली लगायत को उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय