भैरहवा कार्तिक २४
८ नोवेम्बर अर्थात ‘विश्व रेडियाग्राफी दिवस’को अवसरमा यु.सि.यम.यस., शिक्षण अस्पताल, भैरहवामा रेडियोलोजी विभागद्धारा ‘रेडियोलोजीः वियोन्ड इमेजिन्ङ्ग’ (च्बमष्ययिनथः द्यभथयलम क्ष्mबनष्लन) विषयक कार्यशाला गोष्ठी सम्पन्न भएको छ । कार्यक्रम यु.सि.यम.यस., शिक्षण अस्पताल, भैरहवाका मेडिकल सुपरिन्टेन्डेन्ट तथा रेडियोलोजी विभागका प्रमुख प्रा.डा.सदनमूखिको सभापतित्व तथा यु.सि.यम.यस. शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय कुमार पि.एस.को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथी पि.एस.ले यु.सि.यम.यस.मा रेडियोलोजी विभागले करिब २५ वर्षदेखी निरन्तर उत्कृष्ट सेवा दिईरहेको र चाडै नै अस्पतालले २८ स्लाइसको अत्याधुनिक सि.टी.स्क्यान मेसिन सञ्चालनमा ल्याउन लागेको बताएका छन ।
कार्यशालामा प्रा.डा.सन्तोष शाह, प्रा.डा.कृष्ण कुमार अग्रवाल, उप प्रा.डा.राजकुमार के.सी., डा.सन्तोष मिश्रा, डा.निश्चल गौतमले स्वास्थ्यमा रेडियोलोजीको महत्व, अन्तराष्ट्रिय स्तरमा विकसित प्रविधि, अन्तरविभागिय सम्बन्ध, रोगको निदानमा यसको उपयोगिता बारेमा विभिन्न कार्यपत्र प्रस्तुत गरेका थिए।कार्यक्रममा सह–प्राचार्य प्रा.डा.हेमन्त हलुवाई, रेडियोलोजी विभागका सह–प्रा.डा.सन्जु रावल, डा.वर्दान ओली, डा.कृष्ण थापा, डा.राजेन्द्र के.सी., डा.रविन्द्र उपाध्याय, मेट्रोन विष्णु गुरुङ्ग, एम.आइ.टी संयोजक सुभाष चन्द्र यादव, प्रशासन संयोजक तेज कुमार के.सी., कृष्ण प्रसाद पोख्रेल, विभिन्न आवासिय चिकित्सक, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।
‘विश्व रेडियाग्राफी दिवस’को अवसरमा अध्ययनरत विधार्थीहरु विचमा हाजिरीजवाफ प्रतियोगिता पनि गरिएको थियो। भने गएको वर्ष २०८१ मा रेडियोलोजी विभाग अन्तर्गत ४४ हजार,८सय४६ एक्स–रे, २४हजार,८सय४८ भिडियो एक्स–रे, ७,हजार२सय७६ सिटी स्क्यान, ३हजार,१सय७३ एम.आर.आई., ८०२ कलर डप्लर, २२१ इ.इ.जी, १२६ मेमोग्राफी, २हजार७सय४० ओ.पि.जी मार्फत विरामीलाई सेवा दिएको थियो । कार्यशालामा प्रा.डा.सन्जु रावलको स्वागत मन्तव्य रहेको थियो । भने कार्यक्रम सञ्चालन डा.महामुनिर अहमदले गरेका थिए।






