भारतका प्रधानन्यायाधीश लुम्बिनी भ्रमणमा,

२०८२ भाद्र २१, शनिबार
पढ्ने समय : < 1 मिनेट

भैरहवा भदौ २१
भारतका प्रधानन्यायाधीश भूषण रामकृष्ण गवईले गौतम बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन्। प्रधानन्यायाधीश भएपछिको उनको यो पहिलो नेपाल यात्रा हो।
लुम्बिनी प्रवेश गरेपछि गवईलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा, सदस्य–सचिव सानुराजा शाक्य, कार्यकारी सदस्य श्याम रोक्का लगायतका अधिकारीहरूले स्वागत गरेका थिए।
भ्रमणका क्रममा उनले मायादेवी मन्दिरको अवलोकन गर्दै सूत्र पाठ गरे। विश्व शान्ति, मानव कल्याण र नेपाल–भारत सम्बन्धको कामना गर्दै उनले दियो पनि प्रज्वलन गरेको लुम्बिनी विकास कोषका सदस्य श्याम रोक्काले बताए।


लुम्बिनीको भ्रमणपछि गवईले लुम्बिनीको गुरुयोजना र विकास निर्माणबारे चासो व्यक्त गरे। उनले लुम्बिनीको प्रचार–प्रसारका लागि नेपालले गरेको प्रयासको प्रशंसा गर्दै यस क्षेत्रमा भारतको सहयोग निरन्तर रहने बताए। यस अवसरमा उपाध्यक्ष डा. लामाले उनलाई बुद्धको मूर्ति उपहार दिएका थिए।
लुम्बिनी विकास कोषले प्रधानन्यायाधीश गवईको यो भ्रमणले लुम्बिनीको धार्मिक र सांस्कृतिक महत्त्व अझ उच्च स्तरमा पुग्ने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय