युसीएमएस भैरहवाको दिक्षान्त समारोहमा ११४ जना विद्यार्थी दिक्षित

२०८२ श्रावण १९, आईतवार
पढ्ने समय : 2 मिनेट

भैरहवा साउन १८
युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज (युसीएमएस) शिक्षण अस्पताल, भैरहवाकोे ‘दिक्षान्त समारोह २०२५’ सम्पन्न भएको छ । कार्यक्रम युसीएमएसका प्रमुख कार्यकारी अधिकृत अजय कुमार पि.एस. को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
समारोहमा प्रमुख अतिथि पि.एस.ले आजका चिकित्सकहरु भोलिका लागि राष्ट्रका गहना भएको, मानव जीवनमा चिकित्सकलाई ईश्वरको अर्को रुपमा व्याख्या गरिने भएकोले व्यवसायिक मात्र नभएर व्यवहारिक, मानवीय र सामाजिक हुन पनि आग्रह गर्नुभयो ।
युसीएमएस शिक्षण अस्पतालमा अध्ययनरत २१ औं ब्याज एम.बी.बी.एस. र १८ औं ब्याज बी.डी.एस. का गरी ११४ जना विद्यार्थीहरु सो समारोहमा दिक्षित भएका थिए ।


समारोहमा युसीएमएसका प्राचार्य प्रा.डा.लक्ष्मी पाठकले विद्यार्थीहरुलाई सपथ गराउनुभएको थियो । विद्यार्थीहरुले आफ्नो जीवन चिकित्सकीय पेशामा पूर्ण रुपमा निष्ठापूर्वक जिम्मेवार भएर समर्पित रहने भन्दै सपथ खाएका थिए ।
कार्यक्रममा युसीएमएसका सह–प्राचार्य प्रा.डा.हेमन्त हलुवाई, मेडिकल सुपरीन्टेण्डेण्ट प्रा.डा.सधन मुखी, इन्टर्नसीप कोअर्डिनेटर सह–प्रा.डा.रमेशराज विष्ट, प्रा.सन्जित कर, प्रा.डा.दीपक यादव, डा.जिज्ञाशा सुवेदी, प्रमुख वित्त अधिकृत सुरज पौडेल, सहायक प्रशासक प्रेमा गुरुङ्ग, प्रशासन संयोजक तेज कुमार के.सी. लगायत अभिभावकहरुको उपस्थिति थियो ।
समारोहमा दिक्षित विधार्थीहरुलाई प्राचार्य प्रा.डा.लक्ष्मी पाठक, सह–प्राचार्य प्रा.डा.हेमन्त हलुवाई, मेडिकल सुपरिन्टेण्डेण्ट प्रा.डा.सधन मुखीले प्रमाणपत्र वितरण गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन दिक्षा थडराई, अनिमेष चौधरी, खुशी तिवारी र फिजा रानाले गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरुले साँस्कृतिक कार्यक्रममार्फत उपस्थितिलाई भरपुर मनोरञ्जन गराएका थिए ।

वि.सं.२०५४ मा स्थापित युसीएमएस शिक्षण अस्पतालले आर्थिक वर्ष २०८०÷०८१ को तथ्यांक अनुरुप हालसम्म एम.बी.बी.एस.मा २ हजार १ सय ६३ जना र बी.डी.एस.मा ७ सय १३ जना गरी २ हजार ८ सय ७६ जना चिकित्सकहरु दिक्षित गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय