जथाभावी फोहोर फाल्ने माथी भैरहवामा कडाई

२०८२ श्रावण १४, मंगलवार
पढ्ने समय : < 1 मिनेट

भैरहवा साउन १३
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले जथाभावि फोहोर फाल्ने माथी कडा निगरानी गरीरहेको छ ।
सरसफाई तथा फोहोर उठाउन नियमित रुपमा ट्याक्टरहरु घर घरमा पुरयाउदाँ समेत सार्वजनिक स्थान, सडक किनार जस्ता क्षेत्रमा फोहोर फाल्ने क्रम नरोकीए पछि नगरपालिकाले निगरानी बढाएको हो । नगरपालिकाले फोहोरको प्रकृती हेरेर जथाभावि फोहोर फाल्नेलाई फोहोरमैला व्यवस्थापन ऐन २०६८ को दफा ३८ (क) अनुसार ५० हजारसम्म जरिवाना तिराउन सक्ने वयवस्था छ । सोही बमोजिम पछिल्लो दुई महिनामा नगरपालिकाले जथाभावि फोहोर फाल्ने पसल तथा वयक्तीहरुको भिडीयो र फोहो संकलन गरी १८ जनालाई कार्वाही गरेको नगरपालिका फोहोरमैला व्यवस्थापन शाखाका प्रमुख यादव सापकोटाले जानकारी दिए । उनका अनुसार अहिले नगरपालिकाले पाँच हजार देखी १५ हजारसम्म जरिवाना तिराएको छ ।
पटक पटक सम्झाउदाँ अटेर गर्ने र लुकिछिपी नियमीतरुपमा जथाभावि फोहोर फाल्नेको पहिचान गरी कार्यवाही अगाडी बढाईएको छ । त्यसकोलागी बढी फोहोर फालीने स्थानहरुको पहिचान गरी बिहान साझँ नगरप्रहरी परिचालन गरीएको प्रशासन महाशाखा प्रमुख देव ज्ञवालिले जानकारी दिए।
उनका अनुसार जथाभावि फोहोर फाल्ने र सडक छेउछाउमा लगाईएको फुल टिप्ने, रुख विरुवाहरुको हागाँ भाच्नेहरु माथि समेत निगरानी बढाईएको छ । सिद्धार्थनगर नगरपालिका नगर प्रमुख एवं सविधानसभा सदस्य इश्तियाक अहमद खाँले नगर सुन्दरीकरण गर्ने, हरियाली बनाउने कुरा एउटा मात्र निकायले गरेर सम्भव नहुने हुदाँ सवैले सहयोग गर्नुपर्ने बताए । उनले सिद्धार्थनगर गौतमबुद्धको प्रवेशद्धार समेत रहेकाले यस नगरलाई क्लिन, ग्रिन र वातावरण मैत्री बनाउने अभियानमा आफु लागेको र त्यसमा सवैले सहयोग गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय