चीन र पश्चिमा राष्ट्रबीच बढ्न थाल्यो व्यापार तनाव

२०८१ जेष्ठ ७, सोमबार
पढ्ने समय : < 1 मिनेट

जेठ ७

चीन र पश्चिमा राष्ट्रबीच व्यापार तनाव फेरि बढेको छ। पछिल्ला महिनाहरुमा अमेरिका र युरोपेली राष्ट्रसँग चीनको व्यापार सम्बन्ध असहज बन्दै गएको हो।

योसँगै चीनले अमेरिका, युरोप, ताइवान र जापानबाट आयात हुने धेरै प्रयोग हुने प्लास्टिकको आयातमा एन्टि–डम्पिङ अनुसन्धान थालेको छ।

यो भनेको घरेलु मूल्यभन्दा कम मूल्यमा बिक्री हुने विदेशी सामानको आयातलाई निरुत्साहन हो।
चिनियाँ वाणिज्य मन्त्रालयले विद्युतीय सामान र कारहरुमा प्रयोग हुने पोलिसिमेथिलिन कोपोलिमरको आयातमाथि बढाएको अनुसन्धानले पश्चिमा राष्ट्रविरुद्ध चीनले आवश्यक कदम चाल्ने संकेतका रुपमा लिइएको बताइएको छ।

एक हप्ताअघि मात्रै वासिङटनले विद्युतीय कार, सोलार प्यानेल र कम्प्युटर चिप्सलगायतका चिनियाँ वस्तुको आयात शुल्क बढाएको थियो।

बाइडेन प्रशासनले ट्रम्प प्रशासनले लगाएको चिनियाँ वस्तुको सीमा कर समेत विस्तार गरेको थियो।

त्यसको प्रतिक्रियास्वरुप चीनको वाणिज्य मन्त्रालयले यसले दुई पक्षीय सहकार्यको वातावरण बिगार्ने बताउँदै आर्थिक मुद्दाको राजनीतिकरण भएको भन्दै आपत्ति जनाएको थियो।

चीनले आफ्नो वैध अधिकार र स्वार्थको कुनै पनि हालतमा रक्षा गर्ने जनाएको छ।

यता युरोपले समेत चिनियाँ वस्तु आयातमाथि विभिन्न अनुसन्धान अघि बढाएको छ। यसले चीन आक्रोशित भएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय