चिनियाँ कम्प्युटर मनिटरमा डेल कम्पनीको लोगो राखेर बिक्री गर्ने न्यूरोडका २ जना व्यापारी पक्राउ

२०८१ जेष्ठ ६, आईतवार
पढ्ने समय : < 1 मिनेट

जेठ ६

चिनियाँ कम्प्युटर मनिटरमा चर्चित डेल कम्पनीको लोगो राखेर बिक्री गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
काठमाडौं प्रहरी परिसरको टोलीले बर्मा घर भएका २२ वर्षीय तुसार अग्रवाल र व्यापारी उमेश मुडभरीलाई पक्राउ गरेको छ ।

प्रहरीले अग्रवालको गोदामबाट २ सय ५३ थान मनिटर बरामद गरेको छ । यस्तै, मुडभरीको पसलबाट ६ थान मनिटर बरामद भएको काठमाडौं प्रहरी प्रमुख बसन्त रजौरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय