जेठ २
रुपन्देही प्रहरीले २९ र १० बर्षदेखि फरार रहेका दुई प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका अनुसार इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले लुम्बिनी सांस्कृतिक नगरपालिका–६ पर्सा निवासी कन्हैयाप्रसाद कहाँरलाई पक्राउ गरेको छ ।



कहाँरमाथि २०७१ साल साउन १० गते रुपन्देही जिल्ला अदालतको फैसलाले चोरी मुद्दामा कसुरदार मान्दै १ महिना कैद र ७० हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो । अदालतको पैmसला पश्चात् उनी फरार थिए।
यसैगरी, अदालतबाट कसुरदार ठहरिएका २९ बर्षपछि सिद्धार्थनगर नगरपालिका–१३ निवासी चन्द्रमान गुरुङ पक्राउ परेका छन् । भैरहवाको बसपार्कस्थित प्रहरी बिटबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
गुरुङलाई २०५२ साल चैत २९ गते रुपन्देही जिल्ला अदालतको फैसलाले कुटपिट सवारी ज्यान मुद्दामा १ हजार ९ सय ७५ रुपैयाँ जरिवानाको पैmसला गरेको थियो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा डीएसपी मनोहरप्रसाद भट्टले दुवैजना प्रतिवादी तथा कसुरदारलाई कैद तथा जरिवाना भुक्तानको लागि जिल्ला अदालत रुपन्देहीमा पेश गरिएको बताए



