लुम्बिनी प्रदेश सभाका सभामुख घर्ती मगरको नेतृत्वमा चिन भ्रमण गएको प्रतिनिधि मण्डल स्वदेश फिर्ता

२०८१ बैशाख ३०, आईतवार
पढ्ने समय : < 1 मिनेट

बैशाख ३०

चीन भ्रमणमा गएको लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरको प्रतिनिधि मण्डल स्वदेश फर्किएको छ । एक साता लामो भ्रमण सकेर उनीहरु शनिबार दिउसो नेपाल आएका हुन । सभामुख घर्ती मगरले चीन भ्रमण उपलब्धिमुलक भएको बताएका छन ।

भ्रमणले लुम्बिनी प्रदेश र चीनको छुङकिङ विचको सम्बन्ध स्थापित गर्न महत्त्वपूर्ण भुमिका खेलेको सभामुख घर्ती मगरले बताएका छन । चीन भ्रमणको क्रममा सभामुख र छुङ्छिङ् महानगरीय जनकाँग्रेसका माननीय अध्यक्ष वाङ् चिओङ् बीच भेटबार्ता भएको थियो । त्यसै गरि छुङ्छिङ् अन्तर्राष्ट्रिय साँस्कृतिक आदानप्रदान केन्द्रका महानिर्देशक याङ् कुआङ्शुन, छुङ्छिङ् सरकार विदेश मामिला विभागकी महानिर्देशक वाङ् वेन, छुङ्छिङ् महानगरीय जनकाँग्रेस अन्तर्गत जनजातीय, धार्मिक, प्रवासी चिनियाँ र विदेश मामिला समितिकी उपाध्यक्ष चाङ् सुएमिन, छुङ्छिङ् महानगरीय जनकाँग्रेसका महासचिव चोऊ शाओचङ्, छुङ्छिङ् महानगरीय जनकाँग्रेसका उपाध्यक्ष चाओ शिछिङ्, छुङ्छिङ् महानगरीय जनकाँग्रेसका माननीय अध्यक्ष वाङ् चिओङ्, बीच भेटघाट भएको थियो । भ्रमण टोलीमा लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगर , सभामुखको जीवनसंगिनी दिल कुमारी रोका मगर, लुम्बिनी प्रदेश सभाका उपसभामुख मेनुका खाँण के.सी , लुम्बिनी प्रदेश सभा अन्तर्गत ने.क.पा.(एमाले) संसदीय दलका मा प्रमुख सचेतक तुलसी प्रसाद चौधरी र लुम्बिनी प्रदेश सभा सचिव दुर्लभ कुमार पुन सहभागी रहेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय