पशुपतिनाथ दर्शनपछि भारतीय प्रधान न्यायाधीशले भने– भोलेनाथको दर्शनबाट नतमस्तक भएँ

२०८१ बैशाख २२, शनिबार
पढ्ने समय : < 1 मिनेट

वैशाख २२
तीन दिने औपचारिक नेपाल भ्रमणमा आएका भारतका प्रधानन्यायाधीश धनञ्जय चन्द्राच्युडले पशुपतिनाथको दर्शन गरेका छन्। आज बिहान पशुपति पुरेर चन्द्राच्युडले पशुपतिनाथको दर्शन गरेका हुन्।
उनले पशुपतिनाथको दर्शनपछि भनेका छन्,’भगवान् श्रीपशुपतिनाथको चरणमा नतमस्तक भएँ । भगवान भोलेनाथको दर्शनबाट असीम कृपा एवं आशीर्वाद मिल्यो ।
दर्शनको राम्रो प्रवन्ध मिलाएकोमा पशुपतिका भट्टसहित पशुपति क्षेत्र विकास कोषलगायत सबैप्रति आभार व्यक्त गरेका छन्। उनी प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निमन्त्रणामा नेपाल भ्रमणमा आएका हुन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय