चिनियाँले गर्न नसकेको काम भारतीय कम्पनीले गर्ने, काठमाडौंमा तीन ढल प्रशोधन केन्द्र बनाइने

२०८१ बैशाख १७, सोमबार
पढ्ने समय : < 1 मिनेट

बैशाख १७
काठमाडौंमा तीनवटा ढल प्रशोधन केन्द्र बनाउने ठेक्का पाएको चिनियाँ कम्पनीले काम गर्न नसकेको पाइएको छ।

धोबीघाट, बालकुमारीस्थित कोड्कुमा र सल्लाघारीमा प्रशोधन गर्ने गरी केन्द्र निर्माणका लागि चिनिया कम्पनी साफबमले सन् २०१७, मे ७ मै ठेक्का लिएपनि काम अलपत्र छाडेको थियो।

चार अर्बको परियोजना साढे २ वर्षमा सक्ने गरी ठेक्का सम्झौता भए पनि लामो समयदेखि अलपत्र बनेपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले यसअघि नै ठेक्का तोडेको थियो।

अब यी तीन वटा ढल प्रशोधन केन्द्र बनाउने ठेक्का भारतीय कम्पनीलाई दिन लागिएको छ।

भारतको चेन्नाईस्थित भीए टेक वाबगसँग भ्याटसहित २ करोड ३५ लाख २९ हजार ९९६ अमेरिकी डलर र ३ अर्ब ४१ करोड २३ लाख ८७ हजार गरी ६ अर्ब ५४ करोड १८ लाखमा ठेक्का सम्झौता गर्न लागेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय