परराष्ट्रमन्त्री खड्का सँग भारतीय राजदूत क्वात्रा को बिदाइ भेट

२०७८ चैत्र ३०, बुधबार
पढ्ने समय : < 1 मिनेट

चैत ३०
भारतको विदेश मन्त्रालयमा सचिव पदमा नियुक्त भएपछि स्वदेश फर्कन लागेका नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले बिदाइ भेटवार्ता थालेका छन् ।

उनलाई राजदूत कार्यकाल नसकिँदै भारत सरकारले एक साताअघि विदेश मन्त्रालयको सचिवमा नियुक्त गरेको थियो ।

क्वात्राले मंगलबार नेपालका परराष्ट्रमन्त्री नारायण खड्कालाई सिंहदरबारमा पुगेर बिदाइ भेट गरे । परराष्ट्र मन्त्रालयले नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ बनाउन क्वात्राको योगदान स्मरणीय रहने जनाएको । साथै, परराष्ट्र मन्त्रालयले भारतको विदेश सचिव नियुक्त भएकोमा क्वात्रालाई बधाइ तथा शुभकामना पनि दिएको छ ।

नेपालस्थित भारतीय राजदूतावास स्रोतका अनुसार दुई महिनाभित्र नै भारत सरकारले नयाँ राजदूत नेपालका लागि नियुक्त गर्ने छ । तर राजदूतको रुपमा कसलाई पठाउने अझै टुंगो लागेको छैन

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय