गोर्खा सैनिकको कल्याणका लागि भारत सरकार सदैव प्रतिवद्ध छ ः भारतीय सेनाका लेफ्टिनेन्ट जनरल

२०८१ बैशाख ४, मंगलवार
पढ्ने समय : < 1 मिनेट

बैशाख ४

भारतीय सेनाका लेफ्टिनेन्ट जनरल प्रदीप चन्द्रन नायर एके सिंहले गोर्खा सैनिकको कल्याणका लागि असम राइफल्स, भारतीय सेना तथा भारत सरकार सदैव प्रतिवद्ध रहेको बताएका छन्।

पाँच दिने नेपाल भ्रमणका दौरान लेफ्टिनेन्ट जनरल नायरले भारतीय गोर्खा सैनिक निवास, पेन्सन भुक्तानी कार्यालय, पोखरा र पेन्सन भुक्तानी कार्यालय, धरानको भ्रमण गर्नुका साथै काठमाडौं, पोखरा र धरानमा नेपालमा बसोबास गरिरहेका भूतपूर्व गोर्खा सैनिक सम्मिलत ¥यालीलाई सम्बोधन गरेका थिए। उनले गोर्खा सैनिकको बहादुरीको प्रशंसा गर्दै उनीहरुको साहस र राष्ट्रप्रति देखाएको समर्पित भावको कदर गरे।
भूतपूर्व वीर गोर्खा सैनिकको अमूल्य त्याग एवम् बलिदानीको स्मरण गर्दै लेफ्टिनेन्ट जनरल प्रदीप चन्द्रन नायरले गोर्खा सैनिकको कल्याणका लागि असम राइफल्स, भारतीय सेना तथा भारत सरकार सदैव प्रतिवद्ध रहेको बताएको भारतीय दूतावासले जनाएको छ।

लेफ्टिनेन्ट जनरल नायरले काठमाडौंस्थित भारतीय राजदूतावासमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग भेटवार्ता गरेका थिए।

उनले नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मासँग शिष्टाचार भेटवार्ता गरे उनले दुई देशको द्विपक्षीय सम्बन्धलाई सुदृढ गर्न भारतीय राजदूतावासका रक्षा प्रभागका कर्मचारीले खेल्दै आएको कुशल व्यावसायिक भूमिकाको प्रशंसा गरेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय