वैशाख ४
भारतीय नागरिकलाई अमेरिका पठाइदिने भन्दै असुली गरेर काठमाडौंमा बन्धक बनाएको आरोपमा पक्राउ परेका ८ जनाविरुद्ध जिल्ला अदालत, काठमाडौंमा अपहरण तथा शरीर बन्धक, लिखत कीर्ते र संगठित अपराधको कसूरमा मुद्दा दर्ता भएको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले भारतीय नागरिक अब्दुल रहिम, चरणजित सिंह, निपुन गुप्ता, रामचन्द्र शर्मा, इन्द्र भन्ने हिन्दुसिंह यादव, अशोक कुमार, रवि मेवाडे र मनिषकुमार मल्होत्राविरुद्ध अदालतमा मुद्दा दर्ता गराएको हो ।



जिल्ला प्रहरी परिसर, काठमाडौंले विशेष सूचनाका आधारमा २ फागुन २०८० मा रातोपुलस्थित धोबीखोला करिडोर नजिकैको एक घरमा छापा मारेर ११ जना भारतीय नागरिकलाई उद्दार गरेको थियो ।



