दुई दर्जन सहसचिव अध्ययन भ्रमणमा चीन जाँदै

२०८० चैत्र १५, बिहीबार
पढ्ने समय : < 1 मिनेट

चैत १५

चीनको सार्वजनिक प्रशासनबारे जानकारी लिन निजामति सेवाका २३ जना सहसचिवहरु चीन जान लागेका छन् । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका वरिष्ठ निर्देशक विनोदकुमार विष्टको नेतृत्वमा २६ जनाको टोली आज त्यसतर्फ प्रस्थान गर्ने बताइएको छ ।

चीनको राजधानी बेइजिङमा सात दिनको कार्यशाला राखिएको छ । कार्यशालामा चीनको सार्वजनिक प्रशासनका व्यवहारिक र नीतिगत पक्षको बारेमा नेपाली सहसचिवहरुले जानकारी लिनेछन् ।

यसअघि भारतलगायत विभिन्न मुलुकमा ४५ पटक भइसकेको यस्तो कार्यक्रम चीनमा पहिलो पटक हुन लागेको प्रतिष्ठानले जनाएको छ । चीन जानुअघि टोलीका सदस्यहरु बुधबार काठमाडौंस्थित चिनियाँ दूतावासमा आयोजित प्रि–डिपार्चर कार्यक्रममा सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय