अब मधेसवादी दल एक भएर निर्वाचनमा जानुपर्ने अध्यक्ष ठाकुर

२०७८ चैत्र २३, बुधबार
पढ्ने समय : < 1 मिनेट

चैत्र २३,
लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले अब मुख्य राजनीतिक दलसंग उधारोमा सहमति नगर्ने बताएका छन्। पश्चिम नवलपरासीको पाल्हिनन्दमा आयोजित चुनावी सभामा बोल्दै अध्यक्ष ठाकुरले मधेशवादी दललाई उधारोमा सहमति गरेर कार्यान्वयन नगर्ने पार्टीसँग अब सहकार्य नहुने बताएका छन ।

मधेसको मुद्दालाई सत्ता संचालनको माध्यममात्र बनाएर कांग्रेस, एमाले र माओवादीले धोका दिएको भन्दै अब मधेसवादी दल एक भएर निर्वाचनमा जानुपर्ने ठाकुरको भनाइ थियो ।
चुनाबी सभामा बोल्दै लाकतान्त्रिक समाजवादी का नेता राजेन्द्र महतोले ठूला भनिएका दलले मधेसको एजेन्डा पूरा नगर्ने भन्दै लोकतान्त्रिक समाजवादीलाई बहुमतको साथमा विजयी गराउन मतदाता समक्ष आग्रह गरेका थिए ।
मधेस तथा थारु आन्दोलनका क्रममा भएका मानव अधिकार उल्लंघनका घटनाबारे छानबिन गर्न २०७३ सालमा सर्वोच्च अदालतका पूर्वन्यायाधीस गिरिशचन्द्र लालको अध्यक्षतामा न्यायिक समिति बनेको थियो । उक्त समितिले २०७४ सालमै तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा लाई प्रतिवेदन बुझाए पनि अझै सार्वजनिक नभएको भन्दै मधेसी समुदाय माथि का झुटा मुद्दा फिर्ता लिन महतो ले आग्रह गरेका छन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय