चिनियाँ जनराजनीतिक सल्लाहकार सभामा तिब्बत–नेपाल व्यापार बढाउन माग

२०८० फाल्गुन २८, सोमबार
पढ्ने समय : < 1 मिनेट

फागुन २८

चीनमा जारी जनराजनीतिक सल्लाहकार सभाको सत्रमा नेपालसँग व्यापार बढाउन तिब्बती प्रतिनिधिहरूले माग गरेका छन् ।
चीनको अखबार ग्लोबल टाइम्सका अनुसार तिब्बत क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिहरूले नेपालसँगको व्यापार तथा पर्यटन बढाउन माग गरेका हुन् ।

तिब्बतका जनराजनीतिक सल्लाहकार सभाका प्रतिनिधि तथा तिब्बतको उद्योग वाणिज्य महासंघका अध्यक्ष दुजि सिचुले यस्तो प्रस्ताव गरेको ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।

सन २०२३ मा तिब्बतबाट नेपालमा २३ यात्रा प्याकेजहरू आएको भन्दै उनले यसलाई थप बढाउने प्रस्ताव गरेका हुन् । उनीसँगै अरू प्रतिनिधिहरूले पनि यस्तो प्रस्तावमा सल्लाह दिएको ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।

सन २०२३ मा चीनको तिब्बतको जिडिपी ९.५ प्रतिसत भएको थियो जुन समग्र चीनमै सबैभन्दा धेरै भएको ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।
जनराजनीतिक सल्लाहकार सभामा प्रतिनिधित्व जनाउने प्रतिनिधित्व गर्नेहरूले तिब्बतको थप खुलापन र विकासको लागी पर्यटन आगमन बढाउनुपर्ने प्रस्ताव गरेका छन् ।

चीनको टु सेसन्स चलिरहँदा उठेको नेपालबारेको यो मात्रै पहिलो र एक्लो प्रस्ताव होइन । यस अगाडि चिनियाँ बौद्ध धर्मावलम्बीहरुको संस्था बुद्धिस्ट एसोसिएसन अफ चाइनका उपसभापति यिन सन्ले पनि नेपाल र चीनको मुद्दा उठाएका थिए ।

उनले जनराजनीतिक सल्लाहकार सभामा चीनबाट नेपालको बुद्ध भूमि लुम्बिनीमा सीधा हवाई उडानको प्रस्ताव गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय