फागुन २३
चिनियाँ एक कम्पनीले ठगी गरेको भन्दै नेपाली एक उद्योगले घटना सार्वजनिक गरेको छ । सामान पठाउनका लागि आरती स्ट्रिप्स प्राइभेट लिमिटेडले चिनियाँ कम्पनी वुटाइ स्टिलबाट ७ सय मेट्रिक टनको स्टिल उत्पादन अर्डर गरेको थियो,जसको अग्रिम भुक्तानी समेत गरि सकिएको छ ।



चिनियाँ कम्पनीले सामान पठाएको छैन, रकमपनि फिर्ता दिएको छैन । पटक पटक ताकेता गर्दा पनि उत्पादन पुर्याएको छैन । कुनै प्रतिक्रिया नदिएपछि आरती स्ट्रिप्स प्राइभेट लिमिटेडले चिनियाँ कम्पनी वुटाइ स्टिल विरूद्ध आर्थिक अनियमितताको उजुरी दर्ता गरेको छ ।



