नेपाल–भारत सुरक्षा बैठक, सीमा सुरक्षा प्राथमिकता

२०८० फाल्गुन १२, शनिबार
पढ्ने समय : < 1 मिनेट

 

फागुन १२
भारत बिहारको मधुवनी जिल्लामा नेपालका चार जिल्ला र त्यहाँका सुरक्षा अधिकारीबिच सीमा सुरक्षा र दशगजा अतिक्रमण नियन्त्रण लगायतका विषयमा छलफल भएको छ ।

भारतमा हुने अगामी निर्वाचनलाई लक्षित गरी भएको छलफलमा सीमामा हुने अपराधका विषयमा बैठक केन्द्रीत थियो । बैठकबाट भारतमा हुने आगामी निर्वाचनमा बोर्डर क्षेत्रमा सुरक्षा तथा नियम अनुसार हुने बोर्डर बन्द जस्ता विषयमा छलफल भएको धनुषाका प्रमुख जिल्ला अधिकारी चक्र पाणी पाण्डेले जानकारी दिए।
उनका अनुसार सीमा सुरक्षा, क्रस बोर्डर अपराध नियन्त्रण, लागू औषध र सीमा क्षेत्रमा अवैधानिक मदिरा नियन्त्रण, मानव वेचविखन नियन्त्रण र नक्कली नोट नियन्त्रण गर्ने विषयमा समझदारी समेत भएको प्रजिअ पाण्डेको भनाई छ । ‘छलफलबाट एकआपसमा समन्वय, शान्ति सुरक्षा र अपराध नियन्त्रणमा थप सहयोग हुने विश्वास लिइएको छ,’ उनले भने ।

बैठकमा नेपालका सीमावर्ती जिल्लाहरू सप्तरी, सिराहा, धनुषा र महोत्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख र राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुखहरूको सहभागिता थियो । नेपालका तर्फबाट धनुषाका प्रजिअ पाण्डे र मधुवनी जिल्लाका तर्फबाट डिस्ट्रिक मेजिष्ट्रेट अरविन्द कुमार बर्माले छलफलको नेतृत्व गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय