फागुन ९
जनवरी २०२४ मा भारतीय विदेशमन्त्री एस जयशंकरको काठमाडौं भ्रमणका क्रममा नेपाल र भारतले एकदीर्घकालीन विद्युत सम्झौतामा हस्ताक्षर गरे, जुन आउंदो १० वर्षमा नेपालले भारतमा १० हजार मेगावाट विद्युत् निर्यातको सुविधा प्रदान गर्नेछ ।
यो सम्झौता अनुसार, भारतले छिमेकी मुलुकबाट आयात हुने विद्युत् हालको ४५० मेगावाटबाट वृद्धि गरि आगामी १० वर्षमा १० हजार मेगावाट पुर्याउनेछ ।



यद्दपि नेपालका पूर्व ऊर्जा सचिव सूर्यनाथ उपाध्यायले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् जसमा तर्क दिइएको छ कि नयाँ दीर्घकालीन विद्युत व्यापार सम्झौता नेपालको हितको विरूद्धमा छ । किनकी यसले भारतलाई हिमाली राष्ट्रको पानीको अनुचित प्रयोग गर्नका लागि सक्षम बनाउने छ । यद्दपि, यस्तो महसुश हुन्छ कि विवादमा जति देखिएको छ, त्यो भन्दा कतै बढी नै छ।
नेपाललाई चीनमा आश्रित बनाउने प्रयास !
भारत–नेपाल व्यापार सम्झौताको विरूद्धमा एउटा रिट दायर गरिएको छ, यद्दपि, जब बिआरआई जस्ता चिनियाँ परियोजनाको कुरा आउंछ, तब कसैले पनि चीनसँग सम्बन्धित कुनै पनि परियोजना विरुद्ध निवेदन दिएको छैन । यहासम्म कि गतवर्ष प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका क्रममा भएको सम्झौताको विषयवस्तु पनि जनतालाई थाहा छैन र कसैले सोध्ने आँट पनि गरेको छैन । यस्तो लाग्दछ कि नेपाललाई चीनमाथि निर्भर बनाउने प्रयास भइरहेको छ ।
भर्खरै सन् २०२३ को सेप्टेम्बरमा काठमाडौंमा भएको एक कार्यक्रममा सहभागी हुँदा नेपालका लागि चिनियाँ राजदूत चेन सोङले नेपालको भारतसँगको सम्बन्धमा टिप्पणी गरेर भारतलाई नराम्रोसँग प्रस्तुत गरेर विवाद सिर्जना गरिदिएका थिए । चिनियाँ राजदूतले भारतविरुद्ध एक सार्वजनिक कार्यक्रममा अकूटनीतिक टिप्पणी गरेका थिए ।
विगतमा पनि नेपालमा चीन समर्थकहरूले भारतीय कम्पनीले निर्माण गरिरहेको जलविद्युत् आयोजनाको विरोध गरेका छन्
सूर्यनाथ उपाध्यायको नियत शंकास्पद !
सूर्यनाथ उपाध्याय नेपाल–भारत प्रबुद्ध व्यक्ति समूहका सदस्य हुन्, जसमा दुबै देशका प्रतिनीधिको रूपमा उल्लेखनीय व्यक्तिहरू सहभागी छन्। जसलाइ दुबैदेशबीच विगतमा भएका सम्झौता र सन्धिहरूको समिक्षा एवम संशोधन गरेर नेपाल–भारत द्विपक्षीय सम्बन्धलाई पुनर्परिभाषित गर्ने जिम्मेवारी दिइएको छ ।
31जनवरी, 2024 मा उनले पूर्व मुख्यसचिव लीलामणि पौडेल र नेकपा माले का महासचिव सीपी मैनालीसंग ‘नेपाल सरोकार अभियानको’ क्रममा ‘नेपाली अन्तर्राष्ट्रिय विमानस्थलको व्यापार विदेसीसंग गर्ने षड्यन्त्र विरुद्ध नेपाल सम्वाद कार्यक्रम’ मा पनि काठमाण्डौंमा भाग लिए । कार्यक्रममा मैनालीद्वारा यो दावी गरियो कि नेपाली अंतरराष्ट्रीय विमानस्थलहरूको संचालन भारतीय अडानी समूहलाइ सुम्पिनुले नेपालको रणनीतिक हितलाइ क्षति पुग्नेछ र नेपाल भारतमाथि निर्भर हुन जानेछ ।
सूर्यनाथ उपाध्यायको यस दुबै कार्यले नेपाल–भारत ईपीजी समूहमा उनको सदस्यता माथि सवाल खडा गरिदिएको छ कि उनी यस समूहमा र भारत–नेपाल सम्बन्धमाथि सधैँ नकारात्मक सुझाव दिनेछन्, जुन दुबै देशबीचको घनिष्ठ सम्बन्ध निर्माणको लागि राम्रो होइन ।



