कन्फ्युसियस इन्स्टिच्युटद्वारा चिनियाँ नयाँ वर्षको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम

२०८० फाल्गुन ७, सोमबार
पढ्ने समय : 2 मिनेट

फागुन ७
त्रिभूवन विश्व विद्यालय अन्तरगतको कन्फ्युसियस इन्स्टिच्युटले चिनियाँ नयाँँ वर्षको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ ।
काठमाडौमा आयोजना गरिएको सो कार्यक्रममा नेपालस्थित चिनियाँ राजदूतावासका पदाधिकारीहरु, त्रिभूवन विश्व विद्यालयका प्रोफेसर तथा विद्यार्थीहरु, कन्फ्युसियस इन्स्टिच्युटका शिक्षक तथा विद्यार्थीहरु, नेपाल स्थित विभिन्न मैत्री संस्थाका पदाधिकारीहरु, पर्यटन व्यवसायी, नेपालमा विभिन्न व्यवसाय गरी बसेका चिनियाँ नागरिक लगायतको उपस्थिती रहेको थियो ।
शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दे नेपालस्थित चिनियाँ राजदूतावासका काउन्सिलर वाङ सिन ले चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा काठमाडौ उपत्यकाका विभिन्न भागहरुमा आयोजना गरिएका कार्यक्रमहरुमा नेपाल सरकार, नेपाल पर्यटन बोर्ड र नेपाली नागरिकहरुले देखाउनु भएको साथ र सहयोगका लागि धन्यवाद दिएका थिए । काउन्सिलर वाङ सिन ले यस वर्ष नयाँ चीन स्थापनाको ७५ वर्ष पुरा हुने र आउने वर्ष नेपाल र चीनबीच कुटनीतिक सम्बन्ध स्थापनाको ७० औं वार्षिकोत्सव पर्ने जानकारी दिदै यी ऐतिहासिक मोडहरुमा चीन र नेपालबीच विकासका नयाँ अवसरहरु प्राप्त हुने विश्वास समेत व्यक्त गरेका छन ।

कार्यक्रम मा नेपाल सरकारका पूर्वमुख्य सचिव तथा चीनका लागि पूर्व नेपाली राजदूत लीलामणि पौड्यालले चिनियाँ नयाँ वर्ष बसन्त चाडको उपलक्ष्यमा शुभकामना व्यक्त गर्दे यस्ता कार्यक्रमहरुको माध्यमबाट जनस्तरमा एकअर्का देशको संस्कृति बुझ्न र आदान प्रदान गर्न मद्दत पुग्ने बताएका छन ।
त्रिभूवन विश्व विद्यालयका रेक्टर भारगव धितालले चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा शुभकामना व्यक्त गर्दे नेपाल र चीनबीच ऐतिहासिक कालदेखि नै प्रगाढ सम्बन्ध रहँदै आएको बताउदै दुवै देशले एकअर्का देशको सार्वभौमिकता र स्वतन्त्रतालाई मान्यता दिँदै आएको प्रसंग उल्लेख गरेका छन ।
कार्यक्रममा आयोजक संस्था त्रिभूवन विश्व विद्यालय कन्फ्युसियस इन्स्टिच्युटका नेपाली निर्देशक प्राध्यापक डाक्टर बालमुकुन्द रेग्मीले चिनियाँ नयाँ वर्ष बसन्त चाडलाई संयुक्त राष्ट्र संघले विश्वकै साँस्कृतिक सम्पदाको मान्यता प्रदान गरेको प्रसंग उठाउदै नेपाल र चीन भाषा र संस्कृतिको माध्यमबाट जोडिएको बताएका छन ।
त्रिभूवन विश्व विद्यालय कन्फ्युसियस इन्स्टिच्युटका चिनियाँ निर्देशक सिन लुकाओ ले स्वागत मन्तब्य व्यक्त गरेका थिए । सो समारोहमा कन्फ्युसियस इन्स्टिच्युटका शिक्षक तथा विद्यार्थीहरुले नेपाली र चिनियाँ गीत, नृत्य, कविता प्रस्तुत गरेका थिए । कार्यक्रमका सहभागीहरुले यस्ता समारोहले छिमेकी देशको भाषा, संस्कृति र जनजीवन बुझ्न सहयोग पुग्ने प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय