लायन्सहरु बिच अन्तर लायन्स डिजी कप क्रिकेट शनिबार हुदै

२०८० माघ २५, बिहीबार
पढ्ने समय : < 1 मिनेट

माघ २५

लायन्स क्लब अफ सिद्धार्थनगर प्रोगेसिभको आयोजनामा शनिबार भैरहवामा “अन्तर लायन्स डिजी कप क्रिकेट प्रतियोगिता” को आयोजना हुने भएको छ ।

कार्यक्रमबारे जानकारी दिने उद्देश्यले बिहिबार भैरहवामा पत्रकार सम्मेलन गरि आयोजकले प्रतियोगितामा ८ वटा बिभिन्न लायन्स क्लबहरुले सहभागीता जनाउने बताए । कार्यक्रम संयोजक अभिनव मयुर कसौधनले लायन्स क्लबहरु बिच आपसी भाईचारा स्थापित गर्दै सम्बन्ध मजबुद बनाउन प्रतियोगिताको आयोजना गरिएको बताए । सिद्धार्थ रंगशालामा सुपर सिक्स बिधिबाट खेलाईने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको उनले बताए ।

प्रतियोगितामा बिजेतालाई २५ हजार तथा उप बिजेता टिमलाई १५ हजार नगद पुरस्कारको साथै प्रत्येक मैचमा मैन अफ द मैच, मैन अफ द सिरिज, बेस्ट ब्याट्स म्यान, बेस्ट बलर, बेसट फिल्डर, अनुशासित टिमको रुपमा पुरस्कृत गरिने क्लबका अध्यक्ष मिलन विश्वकर्माले बताए । प्रतियोगितामा रुपन्देही क्रिकेट एसोसिएसनको प्राविधिक सहयोग रहने उनले जानकारी दिए ।

प्रतियोगितामा लायन्स क्लब अफ सिद्धार्थनगर, लायन्स क्लब अफ सिद्धार्थनगर होलिसिटी, लायन्स क्लब अफ सिद्धार्थनगर युथ, लायन्स क्लब अफ सिद्धार्थनगर ग्रिनसिटी, लायन्स क्लब अफ सिद्धार्थनगर प्रोगेसिभ (लुम्बिनी), लायन्स क्लब अफ सिद्धार्थनगर प्रागेसिभ (सगरमाथा), लायन्स क्लब अफ भलवारी सिटी र लायन्स क्लब अफ सिद्धार्थनगर लिगेसी गरि ८ टिमको सहभागीता रहनेछ ।

क्लबका अध्यक्ष मिलन विश्वकर्माको अध्यक्षता, एरिया चिफ दिपक कौशलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा क्लबका पूर्व अध्यक्ष शार्दुल मयुर कसौधन, लुम्बिनी प्रेस क्लबका कार्यवाहक अध्यक्ष कमल रायमाझी, सुमन न्यौपाने, सुनिल सेन्चुरी लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन क्लबका सचिव संजोगराज तिवारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय