राममन्दिर प्राण प्रतिष्ठाको खुशियालीमा जानकी मन्दिरमा सवा लाख दीप बालिँदै

२०८० माघ ८, सोमबार
पढ्ने समय : < 1 मिनेट

 

माघ ८
भारत उत्तर प्रदेशस्थित अयोध्यामा सोमबार राममन्दिरको प्राण प्रतिष्ठा गरिएको खुशियाली जनकपुरधाममा पनि मनाइएको छ । रामको ससुराली र जानकीको माइतको रुपमा रहेको जनकपुरमा जानकी मन्दिरसहित विभिन्न धार्मिक संघसंगठनले उत्सव मनाउँदै छन् ।

यो अवसरमा जानकी मन्दिर प्रांगणलाई फूल तथा दीपले सजाइएको छ । सोमबार साँझ जानकी मन्दिरमा रंगोली बनाउँदै सवा लाख दीप प्रज्वलन गर्ने तयारी गरिएको छ । जानकी मन्दिर व्यवस्थापन पक्ष लगायत हिन्दुवादी संगठनले दीप प्रज्वलनको लागि तयारी गरेका छन् ।
जानकी मन्दिर वरपर श्री सियाराम उल्लेखित भगवा रंगको झण्डाले सजाइएको छ ।

राममन्दिरको प्राण प्रतिष्ठालाई लिएर धनुषाको सहिदनगर नगरपालिका, बटेश्वर गाउँपालिका, नगराइन नगरपालिका र जनकनन्दनी गाउँपालिका लवगायत अन्य जिल्लाका कतिपय पालिकाले सार्वजनिक बिदा समेत दिएको छ । सोमबार दीप प्रज्वलन गरी दिपोउत्सवको रुपमा मनाउन पालिकाहरुले आग्रह समेत गरेका छन् ।

त्यस अवसरमा १ हजार एक साधुसन्तको भण्डारासमेत आयोजन गरेको रामपुकार महतोले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय