चीनमा नयाँ वर्ष, काठमाडौँमा भव्य कार्यक्रम

२०८० माघ २, मंगलवार
पढ्ने समय : < 1 मिनेट

माघ २

चिनियाँ नयाँ वर्ष अर्थात् बसन्त चाडको अवसरमा काठमाडौँमा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ ।

विश्वभर छरिएर रहेका चिनियाँ नागरिकले हर्सोल्लासका साथ् मनाउने नयाँ वर्षको अवसरमा नेपालस्थित चिनियाँ दूतावासले भव्य सांँस्कृतिक कार्यक्रम गरेको हो । कार्यक्रममा दुई देशका कलाकारहरुले विभिन्न सांगीतिक प्रस्तुति राखेका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, शेरबहादुर देउवा, नेपालका लागि चिनियाँ राजदूत छङ् सनलगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको सांगीतिक समारोहमा चिनियाँ कलाकारहरुले सोल्जर ब्यालेट, दिव्यपंक्षी, सुनौलो, भूमि, मयुर, हिमाली जादुयी, ड्रम पेडालिङ र परम्परागत चिनियाँ लोकनृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा चीनको पराम्परागत बाजा र प्रसिद्ध चिनियाँ जादूसमेत प्रस्तुत गरिएको थियो । त्यस्तै नेपाली कलाकारहरुले ‘रेशम फिरीरी’ र ‘चौतारीको छेउमा पिपलुको छायाँ’ बोलको गीतमा नृत्य देखाएका थिए ।

चीनमा आइतबार देखि नयाँवर्ष शुरु भएको छ । चिनियाँ पात्रो र मिति चन्द्रमामा आधारित रहेको विश्वास गरिन्छ । यस देशका नागरिकहरु नयाँ वर्षलाई एक महिनासम्म महोत्सवको रुपमा मनाउने गर्दन् । त्यस अवसरमा विभिन्न खेलकुद, यात्रा, सांस्कृतिक कार्यक्रम आयोजना गरिन्छ ।

कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले चीन र नेपालबीच गहिरो सांस्कृतिक सम्बन्ध रहेको र यस्ता कार्यक्रमले थप उचाइमा पुर्याउने विश्वास व्यक्त गर्नुभयो । दुई देशको सभ्यता नदी र हिमश्रंखलाहरुमा मात्र सिमित नभई साझा संस्कृति र जनस्तरको सम्बन्ध पनि उतिक्कै महत्वपूर्ण रहेको उहाँको भनाई थियो ।

त्यस्तै, नेपालका लागि चिनियाँ राजदूत छन सोङ्गले दुई देशबीच बलियो सांस्कृतिक सम्बन्ध रहेको चर्चा गर्दै आफ्नो कार्यकालमा द्दिपक्षीय सम्बन्धलाई मजबुत बनाउन प्रयास गर्दै आएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय