भारतीय प्रधानमन्त्री मोदी राम मन्दिर प्राण प्रतिष्ठाका लागि ११ दिने अनुष्ठानमा

२०८० पुष २९, आईतवार
पढ्ने समय : < 1 मिनेट

पुस २९
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अयोध्यामा आगामी माघ ८ गते (२२ जनवरी) मा हुने राम मन्दिरको प्राण प्रतिष्ठाका लागि ११ दिने विशेष अनुष्ठानमा बसेका छन् ।

उनी शुक्रबारदेखि नै विशेष अनुष्ठानमा बसेको बताएका छन् । मोदीले नासिकमा जलाभिषेक गरेर अनुष्ठानको शुरुआत गरेका हुन् ।

मोदीले भनेका छन्, ‘म भावनालाई शब्दमा बाँध्न पाइरहेको छैन । कयौँ पीँढिका सपना साकार हुँदैछन् ।’

अयोध्यामा माघ ८ गते रामललाको प्राण प्रतिष्ठा हुँदैछ । प्राण प्रतिष्ठा १ मिनेट २४ सेकेन्डको हुनेछ । स्थानीय समयअनुसार दिउँसो १२ः२९ मिनेट ८ सेकेन्डमा प्राण प्रतिष्ठाको मुहूर्त हुनेछ ।

प्राण प्रतिष्ठाका दौरान गर्भगृहमा पाँच जना सरिक हुनेछन् । जसमा प्रधानमन्त्री मोदी, मुख्य मन्त्री आदित्यनाथ योगी, राज्यपाल आनन्दीबेन पटेल, संघ प्रमुख मोहन भागवत र अनुष्ठानका आचार्य नेपालका दुर्गाप्रसाद गौतम रहने छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय